सोमबार, ४ आषाढ, २०७५ (Mon, 18 June, 2018)
समाचार
Jun 13, 2018
अमेरिका र उत्तर कोरियाबीच ऐतिहासिक सम्झौता
बुधबार, जेष्ठ ३०, २०७५
काठमाडौं : विश्वलाई चकित पार्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले हार्दिकताको हात मिलाएका छन । विश्व राजनितिमा एक दुर्लभ घटनाको रुपमा ब्याख्या गरिएको सिंगापुर शिखर वार्ताले झन्डै सात दशक लामो कोरिया प्रायदिपको द्वन्द अन्त्य गर्दै विश्व शान्तिको लागि समेत महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ ।

पक्कै पनि विगतले भविष्य निर्धारण गर्छ नै भन्ने छैन । यो कुरालाई पुष्टि गरेको छ ६८ वर्षदेखिका कट्टर विरोधी अमेरिका र उत्तर कोरियाबीच सिंगापुरमा सम्पन्न शिखर वार्ताले । केही महिनाअघिसम्म पनि उत्तर कोरियामाथि विष बमन गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किमसँगको वार्तापछि आयोजित पत्रकार सम्मेलनमा किमको प्रशंसा कुनै कन्जुसाइ गरेनन् ।

दुइ सन्की स्वभावका पात्रका कारण केहि समय अघिसम्म विश्व घरिघरी विश्व त्रसित थियो । एकातिर अमेरिकासम्मै मार हान्न सक्ने क्षेप्यास्त्र आफुसँग भएको धम्की उत्तर कोरियाली नेता किमले दिइरहँदा उता राष्ट्रपति ट्रम्पले आफ्नो टेबुलमा उत्तर कोरिया उडाउने बमको बटम छ भनेर जवाफ दिदै आएका थिए । यी दुईबीचको भनाभन व्यक्तिगतस्तरको गालीगलौजमा समेत ओर्लिएको थियो । अर्कोतिर जापान पनि त्यतिकै त्रसित र सशंकित थियो उत्तर कोरियासँग ।

तर एकै दिनमा दुई पटक गरी ९० मिनेटको ट्रम्प–किम वार्ताले यसअघिका सबै खतराहरुलाई इतिहास बनाएको छ । यसलाई पुष्टि गरेको छ, उत्तर कोरियाली नेता किमको विगतलाई पछाडी छाड्न आफूहरु सहमत भएको भन्ने भनाईले । विश्वले आगामी दिनमा ठूलो परिवर्तन देख्ने किमको उदघोषले उत्तरले अव उज्यालो आभा खोजिरहेको वुझ्न कठिन हुँदैन ।

विश्वकै सबैभन्दा पाको उमेरका राष्ट्रपति ट्रम्प र कम उमेरका नेता किमबीचको वार्ता सहज रुपमा अघि बढ्ला कि नबढ्ला भन्ने अनुमानकाबीच सम्पन्न वार्तापछि उनीहरुको हाउभाउ र दिलखुश प्रतिकृयाले विगत नदोहोरिनेमा उनीहरु ढुक्क छन ।

उत्तर कोरियालाई अमेरिकाले दिने सुरक्षा प्रत्याभुतिको बदलामा उत्तर कोरिया पूर्ण रुपमा परमाणु निःशस्त्रीकरणका लागि प्रतिबद्ध हुने संयुक्त सहमतिमा दुबैले हस्ताक्षर गरेका छन् । शिखर वार्तापछि जारी चार बुँदे घोषणापत्रमा अमेरिका र उत्तर कोरिया शान्ति र सम्बृद्धिका लगि दुबै देशका जनताको चाहना बमोजिम नयाँ सम्बन्ध स्थापना गर्न प्रतिबद्ध रहेको उल्लेख छ ।

त्यस्तै दोस्रो बुँदामा दुबै देशले कोरियाली प्रायद्विपमा दीगो र स्थायी शान्ति निर्माण गर्ने आपसी प्रयासलाई एकताबद्ध तुल्याउने र तेस्रोमा गत अप्रिलमा सम्पन्न दुइ कोरिया विचको वार्तापछि जारी पाम्मुन्जोम घोषणापत्रप्रति समर्थन जनाउँदै कोरियाली प्रायद्विपलाई आणविक अस्त्र मुक्त गर्ने दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

घोषणापत्रको चौथो बुँदामा कोरियाली युद्धका बेला बनाइएका युद्धबन्दी र बेपत्ता भएकाको अवशेष खोजि गर्न र पहिचान भइसकेका पार्थिव अवशेषलाई सम्बन्धित देशमा तत्काल पठाउने प्रतिबद्धता गरिएको छ ।

हस्ताक्षर समारोहमा ट्रम्पले किमसँगको वार्ता कसैले अनुमान गरेभन्दा पनि राम्रो ढंगले सफल भएको दाबी गरेका छन् । हुनपनि ट्रम्पको दाबी झै यो वार्ता कोरियाली प्रायद्विप र एसिया क्षेत्रको शान्ति सुरक्षाका लागि मात्र नभई विश्व शान्तिका लागि पनि महत्वपूर्ण रहेकोमा कसैको विमति हुन सक्दैन ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Kamal Bahadur Ghale