बिहीवार, २७ मंसिर, २०७५ (Thu, 13 December, 2018)
समाचार
Jun 13, 2018
कांग्रेसमा गुटगत राजनीतिले कार्यकर्ता निराश
बुधबार, जेष्ठ ३०, २०७५
काठमाडौं : चुनावी पराजयपछि नेपाली कांग्रेसमा आन्तरिक लोकतन्त्र र गुटगत राजनीतिको अन्त्यका लागि निक्कै चर्को बहस चलिरहेको छ । तर पार्टीको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको छैटौं महाधिवेशनमा शीर्ष नेताबाटै फरक फरक उम्मेदवारको पक्षमा लविङ सुरु भएपछि गुट समाप्त गर्ने कुरा भाषणमै सिमित हुन पुगेको देखिएको छ ।

ट्रेड युनियन कांग्रेसको उद्घाटन समारोहमा पार्टी महामन्त्री शंशाक कोइरालाले कांग्रेस अव एकढिक्का भएर अघि बढ्ने र भातृ संस्थामा हस्तक्षेप नगर्ने उद्घोष गरेका थिए । तर महाधिवेशन अघि बढ्न नपाउँदै नेताको गुटगत छायाँ सतहमै देखिएको छ । बन्दसत्रको कार्यक्रम प्रभावित भयो भने उम्मेदवारहरु मनोनयन दर्ता नगर्दै भोट माग्न हानाथाप गरिरहेका देखिन्थे ।

नीति प्रधान कि नेतृत्व प्रधान भन्नेमा बहस चलेपनि महाधिवेशनपछि संस्थाको नीति के हुने भन्नेमा भन्दा पनि कसलाई जिताउने र कसको पक्षमा लाग्ने भन्ने प्रमुख मुद्धा बनिरहेको छ । सभापति शेरबहादुर देउवाको समर्थन वर्तमान अध्यक्ष खिलानाथ दाहाललाई छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल सहित कृष्णप्रसाद सिटौलाको समूह पुष्कर आचार्यको पक्षमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा भोट मागिरहेका छन् ।

नेताहरु मुखले गुटगत राजनीति अन्त्य गर्छौं भन्ने तर भातृ वा शुभेच्छुक संस्थामा हस्तक्षेप गर्ने चलन देख्दा कार्यकर्ता पनि निराश छन् । लामो विवादकाबीच नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघमा सर्वसम्मत नेतृत्व चयन गरेपनि निजामति कर्मचारी, शिक्षक र इन्जिनियरिङको निर्वाचन हुँदा सभापति देउवा पक्ष पराजित भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा लज्जास्पद पराजयपछि नेताहरुले गुट उपगुट अन्त्य गर्ने प्रतिवद्धता ब्यक्त गरेपनि व्यवहारमा कुनै परिवर्तन आएको छैन ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan