आईतवार, १ पौष, २०७५ (Sun, 16 December, 2018)
देश
Jun 13, 2018
कलंकी नागढुंगा सडक खण्ड कालोपत्रे गर्न सुरु
बुधबार, जेष्ठ ३०, २०७५
काठमाडौं : राजधानी उपत्यका भित्रिने मुख्य नाका कलंकी नागढुंगा सडक खण्ड कालोपत्रे गर्न सुरु गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले प्रचण्डका घरबेटी सैलुङ कन्ट्रन्सनका शारदाप्रसाद अधिकारीलाई समेत कारबाहीको दायरामा ल्याइने चेतावनी दिए लगत्तै कालोपत्रे गर्न सुरु गरिएको हो ।

२०७२ साल असारबाट सडक विस्तारको काम शुरु भएपनि कलंकी नागढुंगा सडक खण्ड बिभिन्न बाहनामा रोकिदै आएको थियो । कहिले स्थानीयको अवरोध त कहिले अदालतको स्टे अर्डरका कारण सडक बिस्तारले गति लिन नसकेको बेला गृहमन्त्री रामबहादुर थापाले विकास निर्माणमा ढिला सुस्ती गर्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएपछि सो सडक खण्ड कालोपत्रे गर्न सुरु गरिएको छ ।

यो सडक खण्डको सैलुङ कन्ट्रक्सन, कान्छाराम जेभी, शर्मा कन्ट्रक्सन, साफ जेभी, बज्रगुरु, बिरुवा लुम्बिनी, सिएम जेभीले बिस्तार गरिरहेका छन् । यो सडक खण्डको अधिंकास स्थानमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी सारदाप्रसाद अधिकारीको सैलुङ कन्ट्रक्सनको संलग्नता रहेको छ । अहिले सतुङगलमा सैलुङका साथै कान्छाराम र शर्मा जेभीले संयुक्त रुपमा कालोपत्रे गर्न सुरु गरेका छन् । मंगलबार मात्रै अध्यक्ष दाहालले गल्ती गर्ने आफ्ना घरबेटी नै भएपनि कारबाही गर्नुपर्ने बताएका थिए ।

एक हप्तादेखि कलंकी नागढुंगाका बिभिन्न स्थानमा कालोपत्रे गर्न सुरु गरिएको स्थानीयबासीले जानकारी दिएका छन् । २०७२ सालबाट सडक विस्तार शुरु भएपनि यो समयमा काम नहुदा स्थानीयले सास्ती खेप्दै आएका छन् । आर्थिक वर्ष सकिनै लाग्दा बजेट सक्नकै लागि हुने सडक विस्तार जस्तै यो खण्डमा पनि बर्षा सुरु भएपछि कालोपत्रे गर्न सुरु गरिएको छ ।

बर्षाको समयमा कालोपत्रे गरिदा गुणस्तरहिन काम हुने सम्भावना उति नै बढी छ तर निर्माण ब्यावसायी प्रति सरकार कडाइका साथ प्रस्तुत भएपछि निर्माणब्यावसायीहरु केहि सचेत देखिन्छन । काममा मात्र नभइ गुणस्तरमा समेत उनीहरु चनाखो हुन जरुरी छ । सम्झौता अनुसार यो सडक खण्डको निर्माण २०७४ साल असोजदेखि पुस महिनाभित्र सम्पन्न गर्नुपर्ने थियो । तर निर्धारित मिति गुजारिदा समेत आधा पनि काम भएको छैन ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan