सोमबार, ४ आषाढ, २०७५ (Mon, 18 June, 2018)
आर्थिक
Jun 13, 2018
दूरसञ्चार सेवा शुल्क दस्तुर वापत इन्टरनेटमा १३ प्रतिशत तिर्नुपर्ने
बुधबार, जेष्ठ ३०, २०७५
काठमाडौ : आर्थिक वर्ष २०७५/०७६ को आर्थिक विधेयक मार्फत सरकारले इन्टरनेट सेवा प्रदायकहरुले पनि दूरसञ्चार सेवा शुल्क दस्तुरवापत १३ प्रतिशत तिर्नुपर्ने व्यवस्था ल्याएको छ ।

सरकारको यो निर्णयले इन्टरनेट महँगो हुने भन्दै इन्टरनेट सेवा प्रदायक र उपभोक्ताले सरकारसँग फिर्ता लिन माग गरेका छन् । यसअघि इन्टरनेट सेवा प्रदायकले दूरसञ्चार सेवा दस्तुर तिर्ने प्रावधान थिएन् । सेवा प्रदायकले आउँदो साउन १ गतेदेखि इन्टरनेट महँगो हुने सूचना आफ्ना ग्राहकलाई जानकारी गराउँदै आएका छन् ।

अर्थ मन्त्रालयका राजश्व सचिव शिशिर कुमार ढुङ्गानाले केही दिनअगाडि व्यवसायीको प्रश्नको जवाफमा ग्राहकहरुले दूरसञ्चारका लागि ह्वाट्सएप, भाइबर जस्ता इन्टरनेटमा आधारित सेवाको माध्यम प्रयोग गर्ने भएकोले इन्टरनेटमा पनि शुल्क लगाएको बताएका थिए ।

तर इन्टरनेटको प्रयोग कुराकानी गर्नमा मात्र सीमित नभइ शिक्षा, स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा पनि भएकोले एकैपटक यति शुल्क लगाउनु उचित नभएको सेवा प्रदायक बताउँछन् ।

अझ सरकारले सन् २०१९ सम्म प्रत्येक घरमा इन्टरनेट पुर्याउने घोषणा गरिसकेको परिप्रेक्ष्यमा शुल्क लगाउनु विरोधाभाषपूर्ण भएको सेवा प्रदायकको भनाइ छ । सरकारले शुल्क लगाएप्रति इन्टरनेट प्रयोगकर्ता पनि सन्तुष्ट छैनन् । सरकारले गरेको निर्णय फिर्ता लिनुपर्ने प्रयोगकर्ताको भनाइ छ ।

हाल इन्टरनेट सेवा प्रदायकबाट सेवा लिनेको संख्या करिब ४ लाख रहेको छ । साथै टेलिकम सेवा प्रदायक नेपाल टेलिकम र एनसेलको डाटा इन्टरनेट प्रयोगकर्ता करिब १ करोड १४ लाख रहेका छन् । सरकारले लगाएको शुल्कका कारण आगामी दिनमा मोबाइलका साथै इन्टरनेट सेवा प्रदायकको इन्टरनेट सेवा महँगोमा प्राप्त गर्नुपर्नेछ ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Kamal Bahadur Ghale