बुधबार, २ श्रावन, २०७५ (Wed, 18 July, 2018)
मनोरञ्जन
Jun 25, 2018
सोमबार, आषाढ ११, २०७५
काठमाडौं : आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा “दोस्रो आदिवासी जनजाति चलचित्र महोत्सव–२०७५” असार १५ गतेबाट सुरु हुँदैछ । महासंघले आईतबार राजधानीमा पत्रकार सम्मेलन गरी महोत्सवको बारेमा जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष अमृत बहादुर सुनुवारले आदिवासी चलचित्र र चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्न महोत्सवको आयोजना गरेको बताए । नेपालको सांस्कृतिक र प्राकृतिक क्षेत्रको पर्यटन बिकास गर्दै मुलुकको अर्थतन्त्रमा टेवा पु¥याउने विश्वासका साथ महासंघले तीन दिने आदिबासी जनजाति चललिचत्र मोहत्सव कार्यक्रमको आयोजना गर्न लागिएको अध्यक्ष सुनुवारले जानकारी गराए ।

महासंघले महोत्सबमा विभिन्न १४ चलचित्र तथा वृत्तचित्र प्रर्दशनमा राखिने जानकारी गराएको छ । आदिबासी जनजाति चलचित्रको बस्तुगत अवस्था बारेमा जानकारी डेक्स, विभिन्न आदिवासी जनजाति समुदायको परम्परागत खाना स्टल, मौलिक भेषभुषा लगायतको स्टल रहने पनि महासंघले जनाएको छ ।

नेपालमा २०४४ सालमा नेवारी भाषाको चलचित्र शिलु निर्माण भएदेखि हालसम्म झण्डै छ सयको हराहरीमा आदिवासी चलचित्रहरु निर्माण भैसकेको महासंघका महासचिव पुर्खाजित राईले पत्रकार सम्मेलनमा जानकारी गराए । धेरै चलचित्र निर्माण भएपनि नीतिगत समस्याका कारण सोचे अनुसारको चलचित्रमा विकास हुन नसकेको उनको भनाई थियो ।

तीन दिने महोत्सवमा १४ वटा चलचित्र समावेश गरिएको छ जसमा भोजबहादुर गुरुङद्वारा निर्देशित मैरिमो (गुरुङ), बिन्दु माझीद्वारा निर्देशित लदी पुजा (माझी), आङ ङिमा शेर्पाद्वारा निर्देशित टिन्छेन फमा (शेर्पा), बिनोद पुडासैनीद्वारा निर्देशित दुलारी (राजबंशी), सन्त कुरमा राईद्वारा निर्देशित ढ्वाङकुम (राई), शिव मुखिया सुनुवारद्वारा निर्देशित गो सु नङा (सुनुवार), कृष्ण चौधरीद्वारा निर्देशित टुटल जिन्गी (थारु), जितमान गुरुङद्वारा निर्देशित पा (गुरुङ), मदन चौधरीद्वारा निर्देशित मन्दरा (थारु), मेजन पुन मगरद्वारा निर्देशित रैयाँ (मगर), डिबी मोक्तानद्वारा निर्देशित मायासे लासी–३ (तमाङ), संजोग लाफा मगरद्वारा निर्देशित कमल पोखरी (नेवार), बाल मुकुन्द प्रजापतिद्वारा निर्देशित तापलय (नेवार), र हिमाल पुनद्वारा निर्देशित तमसुक (मगर) भाषाका चलचित्र पनि महोत्सवमा देखाईने छ ।

महोत्सवमा समावेश भएका प्रत्येक चलचित्रलाई रु. पाँच हजारका दरले नगद पुरस्कार तथा उत्कृष्ट चलचित्रलाई ‘पब्लिक च्वाइस अवार्ड’ बापत रु. २५ हजार नगद तथा ट्रफी प्रदान गरिने महासंघले जनाएको छ ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa