बिहीवार, ३ माघ, २०७५ (Thu, 17 January, 2019)
खेलकूद
Jun 27, 2018
साविक विजेता जर्मनी विश्व कप २०१८ को समुह चरणबाट बाहिरियो, स्विडेन र मेक्सिको अन्तिम १६ मा
बुधबार, आषाढ १३, २०७५

काठमाडौं : साविक विजेता जर्मन रसिया विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । दक्षिण कोरियासँग अप्रत्यासिहत २–० गोल अन्तरले पराजित भएसँगै जर्मनी विश्वकपबाट बाहिरिएको हो ।

दक्षिण कोरियाविरुद्धको समूह चरणको अन्तिम खेलमा अप्रत्यासित रुपमा २–० को पराजय भोगेपछि जर्मनी विश्वपकबाट बाहिरिएको हो । समूह एफ को अन्तिम खेलमा दक्षिण कोरियाले खेलको अतिरक्ति समयको चार मिनेटभित्र दुई गोल गर्दै साविक विजेतालाई पराजित गरेको हो । दक्षिण कोरियालाई जित दिलाउने क्रममा खेलको अतिरिक्त समयको चौथो मिनेटमा किम योङ व्गान र ९८ औँ मिनेटमा हेयुङ मिन सनले गोल गरे ।

समूह एफको अर्को खेलमा मेक्सिकोलाई ३–० ले हराउँदै स्विडेन समूह विजेताका रुपमा नकआउट चरणमा पुगेको छ । स्वीडेनसँग पराजित भएपनि अघिल्ला दुई खेलको जितका कारण मेक्सिको समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुग्न सफल भएको छ ।

तीन खेलपछि स्विडेन र मेक्सिकोको समान ६ अंक छ । गोल अन्तरमा स्विडेन शीर्षस्थान र मेक्सिको दोस्रो स्थानमा रह्यो । प्रतियोगिताबाट बाहिरिएका दक्षिण कोरिया र जर्मनीको समान ३ अंक छ । जर्मनीले समूहको पुछारमा रहँदै विश्व कपको अन्त्य गरेको छ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang