शनिबार, १ मंसिर, २०७५ (Sat, 17 November, 2018)
खेलकूद
Jul 09, 2018
विश्व फुटबल महासंघ (फिफा)को संकेत : कतार विश्वकपबाटै ४८ देश खेलाउने
सोमबार, आषाढ २५, २०७५
काठमाडौं : रुसमा जारी २१औं विश्वकपको समापनमा रहेका बेला विश्व फुटबल महासंघ (फिफा) ले सन् २०२२ मा कतारमा आयोजना हुने २२औं विश्वकपको तयारी र सहभागी टोलीको विषयमा बहस फेरि सुरु भएको छ । फिफाले कतार विश्वकपमै सहभागी संख्या बढाएर ३२ बाट ४८ बनाउन सकिने संकेत गरेको छ ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कतारले व्यवस्थापन गर्न सके सहभागी टोलीको संख्याको विषयमा खुला रूपमा छलफल गर्न सकिने बताए । ‘हामी अर्को संस्करणदेखि नै १६ टोली थपेर विश्वकपको दायरा फराकिलो बनाउन सक्छौं तर, कतारले यस विषयमा आफूलाई तयार गर्न सक्नुपर्छ । मस्कोमा एक महिनाअघि नै यस विषयमा छलफल भएको थियो । आयोजकलाई दबाब नदिई उसको अवस्थालाई ध्यानमा राख्नु हाम्रो कर्तव्य हो,’ इन्फान्टिनोले भनेका छन् ।

फिफाको धारणाप्रति कतारका अधिकारी पनि सकारात्मक देखिएका छन् । ‘कतारको दोहामा अहिले विश्वकपलाई लक्षित गरी आठ वटा स्टेडियम तयार भइरहेको छ । सहभागी टोली बढाउँदा भौतिक संरचनादेखि सबै विषयमा ध्यान दिनुपर्छ । फिफाको प्रस्तावपछि हामी कसरी यसलाई पार लगाउने भन्ने विषयमा सोचिरहेका छौं’, कतार विश्वकप आयोजक कमिटीका सहायक महासचिव नसिर अल खतरले भने ।

मस्कोको ग्लोली पार्कमा शनिबार भएको छलफलमा नसिरले ४८ टोली बनाउँदा कतार र फुटबललाई हानि हुन नहुने धारणा पनि राखेका थिए । ‘सहभागी संख्या बढाउँदा विश्वकप खेलको पुरातन ढाँचामा समेत परिवर्तन गरिनुपर्छ । छनोट भएका ३२ टोलीबीच नकआउट खेल खेलाएर १६ टोली छनोट गर्ने र त्यही टोलीसँग फिफा वरीयताको माथिल्लो स्थानमा रहेका १६ टोलीसँग खेलाउनु उचित हुन्छ,’ नसिरको तर्क थियो ।

प्रस्तावलाई भने सन् २०१७ को जनवरीमा सम्पन्न फिफाको रुलिङ काउन्सिलले अस्वीकार गरेको थियो । कतारले सन् २०२२ को विश्वकप नोभेम्बरदेखि डिसेम्बरसम्म २८ सम्म आयोजना गर्ने सहमति जनाएको थियो । यही समयमा युरोपमा टप फुटबल लिग सञ्चालन गर्नुपर्ने भएकोले समयको समेत ख्याल राख्नुपर्ने बाध्यता छ । कतारसँग अहिले ३२ टोलीका लागि राम्रो व्यवस्थापन गर्ने क्षमता रहेको कतारी अधिकारीले स्पष्ट पारेका छन् ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan