बिहीवार, ४ असोज, २०७५ (Thu, 20 September, 2018)
समाचार
Jul 09, 2018
पार्टीलाई गतिशिलता दिन कांग्रेसमा पुराना कार्यकर्ताको खोजी
सोमबार, आषाढ २५, २०७५
काठमाडौं : सत्तामा रहँदा कार्यकर्तालाई वेवास्ता गरेको आरोप खेप्दै आएको नेपाली कांग्रेसले प्रतिपक्षमा पुगेपछि भने पुराना कार्यकर्ताको खोजी सुरु गरेको छ । आज लामो समय पार्टीमा योगदान गरेका नेता कार्यकर्ताहरु भेला गरेर कांग्रेस नेतृत्वले विगतका गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएको छ ।

कांग्रेस केन्द्रीय सदस्य डा. नारायण खड्काको संयोजनमा नेपाली कांग्रेसका पुराना नेता कार्यकर्ता र केन्द्रीय पदाधिकारीबीच लामो समयपछि अन्तरक्रिया भएको छ । लामो समय कांग्रेसको जिल्ला तथा केन्द्रीय राजनीतिमा सक्रिय रहेका तर अहिले कार्यकारी भूमिकामा नरहेका पाका नेताहरुको कुरा सुन्दै सभापति शेरबहादुर देउवाले विगतमा भएका गल्ती नदोर्याउने प्रतिबद्धता जनाएका छन् ।

पाका कांग्रेसी नेताहरुले आफ्नो धारणा राख्ने क्रममा पार्टी नेतृत्वले पुराना कार्यकर्ता बिर्सदै गएकोले कमजोर बन्दै गएको उनीहरुको दावी छ । विगतमा पार्टीले लिएको निती तथा कार्यक्रमबारे कार्यकर्तालाई नै विश्वस्त बनाउन नसकेकोले पार्टी कमजोर बनेको उनीहरुको आरोप थियो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी कमजोर हुनुमा जिम्मेवारी अनुसार सबैको दोष रहेको दावी गरे । पौडेलले कांग्रेसको अस्तित्व संकटमा परेको सत्य स्वीकार्नुपर्ने भन्दै अरु बिग्रेको पर्खनुभन्दा आफू सुध्रनु बुद्धिमानी हुने बताए ।

कार्यक्रममा २०१५ सालयता पार्टीको विभिन्न भूमिकामा रहेका नेता, पूर्व मन्त्री, पूर्व जिल्ला सभापति एवं पुराना कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । पार्टीलाई गतिशिलता प्रदान गर्न परिपक्व नेता कार्यकर्ताहरुको सुझाव लिइएको कांग्रेसले जनाएको छ । कांग्रेसको विधान अनुसार गठन हुनुपर्ने ज्येष्ठ राजनीतिज्ञ सभा भने अहिलेसम्म गठन हुन सकेको छैन ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan