बिहीवार, ४ असोज, २०७५ (Thu, 20 September, 2018)
समाचार
Jul 09, 2018
संसदीय सुनुवाई विशेष समितिमा १२ जना प्रतिनिधिसभा सदस्यको नाम स्वीकृत
सोमबार, आषाढ २५, २०७५
काठमाडौं : प्रतिनिधिसभाले संसदीय सुनुवाई विशेष समितिमा रहने १२ जना प्रतिनिधिसभा सदस्यको नाम स्वीकृत गरेको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराद्वारा प्रस्तुत गरिएको प्रतिनिधिसभाको तर्फबाट संसदीय सुनुवाई विशेष समितिमा प्रतिनिधित्व गर्ने १२ जना सदस्यको नाम स्वीकृत गरेको हो ।

प्रतिनिधिसभाबाट समितिमा रहने सदस्यहरुमा अमृता थापा, पार्वत गुरुङ, निरुदेवी पाल, पुष्पा भुसाल, पूर्णकुमारी सुवेदी, भिमसेनदास प्रधान, योगेश भट्टराई, राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण, शिवकुमार मण्डल, सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् ।

समितिमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट ७ जना, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसबाट ३ जना, राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालबाट १÷१ जना रहेका छन । संसदीय सुनुवाई विशेष समितिमा राष्ट्रियसभाका ३ जनासहित १५ जना सदस्य रहने व्यवस्था छ ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan