बुधबार, २ श्रावन, २०७५ (Wed, 18 July, 2018)
समाचार
Jul 09, 2018
चिकित्सा शिक्षा विधेयक फिर्ता लिन माग गर्दै कांग्रेसद्वारा सार्वजनिक महत्वको प्रस्ताव
सोमबार, आषाढ २५, २०७५
काठमाडौं : चिकित्सा शिक्षा विधेयक र डा. गोविन्द केसीको अनशनको विषयमा संसदमा प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भएको छ । विपक्षी दलका सांसदहरुले जरुरी सार्वजनीक महत्वको प्रस्तावमाथि पैरवी गरे भने सत्ता पक्षीय दलका सांसदहरुले आलोचना गरेका छन् ।

कांग्रेस सांसद दिलेन्द्रप्रसाद बढुले डाक्टर केसीले उठाएका मागको सुनुवाइ गर्न र उनको जीवन रक्षा गर्न भन्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका थिए । प्रस्तावमाथि छलफलमा भाग लिदै कांग्रेस सांसद मिनेन्द्र रिजालले नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा दिन सरकार गम्भिर नभएको आरोप लगाए । उनले सरकारले नागरिकको पक्षमा रहेको चिकित्सा शिक्षा विधेयकको मर्म मारेर संसदमा पेश गरेको भन्दै माथेमा आयोगले तयार गरेकै विधेयक ल्याउन पर्ने माग गरे ।

नेकपा सांसद योगेश भट्टराईले विपक्षी दलले दर्ता गरेको सार्वजनिक महत्वको प्रस्ताव संसदको समय बर्वाद गर्नका लागि मात्र ल्याएको टिप्पणी गरे । विपक्षीले आफ्नो दल बचाउन डाक्टर गोविन्द केसीको सहारा लिएको समेत उनको भनाई छ । छलफलमा भाग लिंदै सांसदहरुले चिकित्सा शिक्षा विधेयकको पक्ष र विपक्षमा तर्क गरेका थिए ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa