बुधबार, २ श्रावन, २०७५ (Wed, 18 July, 2018)
समाचार
Jul 09, 2018
बेमौसममा कराउनेहरु केही दिनमा आफैं चुप लाग्छन्: प्रधानमन्त्री ओलीले
सोमबार, आषाढ २५, २०७५
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसीलाई उक्साएर जुम्लामा भोकै सुत्न लगाएको टिप्पणी गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकमा उनले कसैले उक्साएर जुम्लामा भोकै सुत्न लगाउने र काठमाडौंका सडकमा केही मान्छे कराइरहने काम भएको टिप्पणी गरेका हुन् ।

‘बेमौसममा कराउनेहरु केही दिनमा आफैं चुप लाग्छन्’ प्रधानमन्त्री ओलीले भने । केसीले केसीको अनशन र संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाको विषयमा सांसदहरुलाई अडानका साथ कुरा राख्न आग्रह गरे ।

सरकारले नराम्रो नगरेको भन्दै अडानका साथ कुरा राख्न आग्रह गरेका हुन् । ‘हामीले नराम्रो केही गरेको छैन । दृढताका साथ कुरा राख्नुपर्छ’ प्रधानमन्त्री ओलीले भने ‘अरु चाहिँ साउनको सिस्नु जस्तो फस्टाउने अनि हामी चाहिँ ओइलाउने हुन्छ ?’

उनले प्रतिपक्षी नेपाली कांग्रेसले कमजोर त्यान्द्रो समाएर आन्दोलन गर्न खोजेको बताएका छन् । संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक सरकारको नीति अनुसार नै भएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘सरकारले आफ्ना नीति अनुसारका ऐन ल्याउँछ यसमा के अनौठो भयो र ?’ प्रधानमन्त्री ओलीले भने ।

काठमाडौंमा १० बर्ष मेडिकल कलेज खोल्न नपाउने, एउटा विश्व विद्यालयले पाँचवटा भन्दा बढी कलेजलाई सम्बन्धन नदिने जस्ता कुरा व्यबहारिक नभएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘कुन विषयमा कति कलेज आवश्यक छ त्यसको अध्ययन गरौं अनि आवश्यकता अनुसार कलेजलाई सम्बन्धन दिऔं’ प्रधानमन्त्री ओलीले भने ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa