शुक्रबार, ३० कार्तिक, २०७५ (Fri, 16 November, 2018)
देश
Jul 09, 2018
सरकारले ल्यायो राजदूत नियुक्तिको मापदण्ड, अवको राजदूत कम्तिमा स्नातक
सोमबार, आषाढ २५, २०७५
काठमाडौं : सरकारले राजदूत नियुक्त मापदण्ड २०७५ लाई स्वीकृत गरेपछि अब राजनीतिक भागबण्डाको आधारमा जथाभावी राजदूत नियुक्ति हुने प्रचलनमा रोक लाग्ने अपेक्षा गरिएको छ ।

वि. सं. २०६६ को पुषमा कांग्रेसको कोटामा भारतका लागि राजदूत बनेका रुक्म शम्शेर राणालाई कुटनीतिक मर्यादाविपरित कार्य गरेको भन्दै फिर्ता बोलाईको थियो । नेपाली कांग्रेसकै सरकारले राजदूत नियुक्त गरेको कांग्रेसका नेता दीपकुमार उपाध्यायलाई पनि त्यसपछि बनेको एमालेको सरकारले कुटनीतिक मर्यादा विपरित सत्ता परिवर्तनमा संलग्न रहेको भन्दै वि. सं. २०७३ को बैशाखमा फिर्ता बोलाएको थियो ।

वि.सं. २०७० को असोजमा तत्कालिन एकीकृत माओवादीको सिफारिसमा कतारका लागि राजदूत बनेकी मायाकुमारी शर्मालाई पदमुक्त गरी फिर्ता बोलाइएको थियो । कतारका लागि राजदूत मायाकुमारीले एक टेलिभिजन कार्यक्रममा कतारलाई खुला जेलको रुपमा टिप्पणी गरेपछि कतारले उनलाई फिर्ता बोलाउन सरकारलाई दबाब दिएको थियो । त्यस्तै वि. सं. २०७३ मा म्यानपावर व्यवसायी भएको भन्दै पार्टीभित्र र बाहिरबाट चर्को दबाब आएपछि संयुक्त अरब इमिरेट्का लागि कांग्रेसको कोटाबाट सिफारिसमा परेकी आशा लामाको नाम फिर्ता लिइएको थियो ।

निश्चित मापदण्डको अभावमा राजदूतको नियुक्तिमा हुने चलखेल र त्यसले सिर्जना गर्ने भाँडभैलोले अन्तराष्ट्रिय क्षेत्रमै मुलुकको छवि बिग्रिएको भन्दै सर्वोच्च अदालतमा रिट समेत परेको थियो । सर्वोच्चले गत बैशाखमा राजदूत नियुक्तिमा मापदण्ड बनाई त्यसको अक्षरशः पालना समेत गर्न सरकारको नाममा परमादेश जारी गरेपछि परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिको मापदण्ड बनाएको हो । हुन त २०७२ सालमा नै राजदूत नियुक्तिको मापदण्ड मन्त्रीपरिषद्को बैठकमा लगिएको थियो तर त्यतिबेला उक्त मापदण्डको मस्यौदा फर्काइएको थियो ।

सर्वोच्चको परमादेश र संसदिय समितिको निर्देशनपछि यसपटक भने राजदूत नियुक्तिको मापदण्ड मन्त्रीपरिषदबाट पारित भएको छ । परराष्ट्रमन्त्री ज्ञावलीका अनुसार उक्त मापदण्डमा राजदूतको कोटा कुटनीतिक सेवा र सामाजिक जीवनमा योगदान पुर्याएका व्यक्तित्वहरुका लागि बराबरी छुट्याइएको छ भने विदेशस्थित कुटनीतिक दुताबासमा राजदूतहरुको पदावधि सकिनु तीन महिनाअघि नै राजदूत छनोट प्रक्रिया शुरु गरिने उल्लेख छ ।

मापदण्डमा राजदूत हुनका लागि शैक्षिक योग्यता स्नातक तह तोकिएको छ भने अंग्रेजी भाषामा दख्खल हुनुपर्ने भनिएको छ । त्यसका साथै कुटनीतिक क्षमता र सम्बन्धित देशबारेको विज्ञतालाई विशेष ध्यान दिइने पनि मापदण्डमा उल्लेख छ । त्यस्तै विशेष अवस्थाबाहेक राजदूतको पदावधि चार वर्ष तोकिएको छ भने राजदूत हुने व्यक्तिको आचरणलाई पनि विशेष ध्यान दिंदै कालोसूचीमा परेको हुन नहुने भनिएको छ ।

भर्खरै पारित राजदूत नियुक्ति मापदण्डले कुटनीतिक क्षेत्रमा रहीआएको विसंगति र विकृतिलाई हटाउने विश्वास गर्न सकिन्छ । हाल विभिन्न देशमा सात वटा महावाणिज्य दूताबास र तीन वटा स्थायी नियोग गरी नेपालका ३९ वटा दूताबासहरु छन् । तीमध्ये रहेका छन । हाल भारत, मलेसिया र संयुक्त अरब इमिरेट्समा राजदूत र संयुक्त राष्ट्रसंघीय नियोगमा स्थायी प्रतिनिधि पद रिक्त छ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan