बुधबार, २ श्रावन, २०७५ (Wed, 18 July, 2018)
देश
Jul 09, 2018
पाँच नम्बर प्रदेश सभाका सांसदहरुले गराए सरकारलाई ध्यानाकर्षण
सोमबार, आषाढ २५, २०७५
काठमाडौं : चार वर्षअघिका बाढी पिडितले अहिलेसम्म राहत नपाएको भन्दै पाँच नम्बर प्रदेश सभाका सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेश सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले दाङ, बाके, बर्दियाका बाढी पिडितलाई राहत नदिएर थप पीडित बनाइएको बताएका थिए । सांसदहरुले नागरिक प्रति जिम्मेवार बन्न र स्थानीय तथा संघीय सरकारसंग समन्वय गरेर काम गर्न प्रदेश सरकारलाई आग्रह गरेका थिए ।

२०७१ सालमा आएको बाढीबाट पिडित बनेका बाके र दाङका पीडितले अहिलेसम्म राहत पाउन सकेका छैनन् । स्थानीय प्रशासनका अनुसार दुई जिल्लामा मात्रै राहत वापत दिने भनिएको करिव ५० करोड रकम वितरण गर्न बाँकी छ ।

सांसदहरुले स्थानीय तहमा भैरहेको विकास निर्माणमा अनियमितता भएको, प्रदेशको नामाकरण र राजधानी तोक्न ढिलाई भएको, महिला हिंसाका घटना बृद्धि भइरहेको भन्दै नियन्त्रण गर्न सरकारको ध्यानकर्षण गराएका थिए ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa