बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
समाचार
Jul 10, 2018
संघीय संसदको बैठक बसेको ४ महिनापछि संसदीय सुनुवाई समितिको बैठक
मंगलवार, आषाढ २६, २०७५
काठमाडौं : संघीय संसदको बैठक बसेको ४ महिनापछि संसदीय सुनुवाई समितिको बैठक बसेको छ । फागुन २१ गते संघीय संसदको पहिलो बैठक बसेको १ सय २६ दिनपछि आज संसदीय समितिको बैठक बसेको हो ।

संसदको नियमावली मस्यौदा निर्माणमा लामो समय अल्मलिएका दलहरु नियमावली पारित भएपछि पनि समिति गठनमा ढिलाई गर्दा संसदीय समिति सहित अन्य समिति गठनमा ढिलासुस्ती भएको हो ।

संसदीय समिति नबन्दा सर्वोच्च अदालतदेखि केही संवैधानिक निकायका प्रमुख तथा सदस्य पद रिक्त छन् । आज पहिलो पटक बसेको समितिको बैठकले कार्यविधि तय गर्न ३ सदस्यीय उपसमिति गठन गरेको छ ।

कार्यविधि तयार पारेसँगै समितिको नियमित काम अगाडि बढ्ने समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले बताए । १५ सदस्यीय समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रियसभाबाट ३ जना रहेका छन ।

समितिले, कार्यविधि तयार पारेपछि सभापति चयनदेखि संवैधानिक परिषदले नियुक्तिका लागि सिफारिस गरेकाहरुको उजुरी लिनेदेखि सुनुवाई गरि नियुक्तिका लागि सरकार समक्ष सिफारिस गर्ने गर्दछ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang