बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
समाचार
Jul 10, 2018
उपत्यकामा थप मेडिकल कलेज खोल्न आवश्यक छैन : शिक्षामन्त्री पोखरेल
मंगलवार, आषाढ २६, २०७५
काठमाडौं : शिक्षामन्त्री गिरिराजमणी पोखरेलले डा गोविन्द केसीले उठाएको मागजस्तै आफू पनि काठमाडौं उपत्यकामा थप मेडिकल कलेज खोल्न आवश्यक नभएको पक्षमा रहेको बताएका छन् ।

राष्ट्रियसभामा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले काठमाडौं उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न १० वर्ष रोक्नुपर्ने पक्षमा रहेको बताएका हुन् ।

डा केसीसँगको विगतकै सहमति अनुसार मेडिकल कलेज २० वर्ष किन रोक नलागाउने, किन १० वर्ष मात्र भन्ने विषयमा आयोगले निर्धारण गर्ने कुरा विधेयकमा प्रस्ताव गरिएको मन्त्री पोखरेलले बताए । चिकित्सा शिक्षा ऐन अनुसार बन्ने आयोगमाथि विश्वास गर्न जरुरी भएको भन्दै कुनै सहमतिबाट सरकार पछाडि नहटेको दावी समेत गरे ।

मन्त्रीको हैसियतले उपत्यका बाहिर प्रदेशका मेडिकल कलेज सफल बनाउन काठमाडौंमा १० वर्ष रोक्नु पर्नेमा आफू सहमत भएको तर, निजीको स्वार्थमा विधेयक ल्याइयो भनि तर्ककै लागि तर्क मात्र नगर्न उनको आग्रह थियो । राजनीतिबाट बाहिर आएर स्वस्थ बहस गर्न उनले अपिल गरे ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang