बुधबार, २ श्रावन, २०७५ (Wed, 18 July, 2018)
देश
Jul 10, 2018
चीनलाई उपहार स्वरुप पठाउने भनिएको एक जोडी गैंडा चितवनबाट काठमाडौं ल्याईयो
मंगलवार, आषाढ २६, २०७५
काठमाडौं : सरकारले चीनलाई उपहार स्वरुप पठाउने भनिएको एक जोडी गैंडा चितवनवाट काठमाडौं ल्याइएको छ । ‘भद्र’ र ‘रुपसी’ नामका दुई गैंडालाई ट्रकमा राखेर काठमाडौं ल्याउनुअघि चितवनमा जनप्रतिनिधि र संरक्षणकर्मीले विदाई गरेका थिए ।

पहिलो चरणमा चीन लैजान लागिएको भाले गैंडा ‘भद्र’ र पोथी गैंडा ‘रुपसी’लाई चितवनबाट जनप्रतिनिधि र संरक्षणकर्मीहरुले विदाई गरेका हुन । ५ फिट चौडाई, १० फिट लम्बाई र ६ फिट उचाई भएको खोरमा थुनेर उनीहरुलाई ट्रकमा राखिएको थियो । दुवै गैंडाको स्वस्थ्य अवस्था राम्रो रहेको वन्यजन्तु प्राविधिकले बताएका छन् ।

भद्र र रुपसीलाई असार २८ गते चीन पठाईनेछ । गैडा लिन चीनबाट विशेष कार्गो विमान आउने बताईएको छ । उनीहरुलाई चीनको साङ्घाई र गोन्जाओमा रहेको मानव निर्मित पार्कमा राखिने छ । गैडाको रेखदेखको लागि दुई जना पशु चिकित्सक र तीन जना वन्यजन्तु प्राविधिक पनि चीन जादैछन ।

‘भद्र’लाई चितवन राष्ट्रिय निकुञ्जको खोरिया मुहान नजिकै देवि तालबाट बैशाख १५ गते नियन्त्रण लिइएको थियो भने ‘रुपसी’लाई सुकिभार क्षेत्रबाट बैशाख १७ गते ल्याईएको थियो । उनिहरुलाई दैनिक दुई दर्जन केरा, पाँच किलो बन्दा, एक किलो स्याउ र एक किलो गाँजर खुवाउने गरिएको थियो ।

२०७३ असार २६ गते सरकारले चीनलाई गैडा उपहार दिने निर्णय गरेको हो । गैडाको वाह्य वासस्थान संरक्षण गर्ने उदेश्यले सरकारले यसअघि विभिन्न १० मुलुकमा २६ वटा गैंडा पठाएको छ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa