बुधबार, २८ कार्तिक, २०७५ (Wed, 14 November, 2018)
समाचार
Jul 10, 2018
धरहराको पुर्ननिर्माणको टेण्डर प्रक्रियामा विवाद
मंगलवार, आषाढ २६, २०७५
काठमाडौं : विविध कारणले पुर्ननिर्माण अघि बढन नसकेको धरहराको टेण्डर प्रक्रियामा बिवाद देखिएको छ । धरहरा पुननिर्माणका लागि टेण्डर प्रक्रियामा सहभागी सिको–कालिका–सुरवा जेभीले बोलपत्रमा पेस गरिएका कागजात शंकास्पद रहेको भन्दै छानविनका लागि उजुरी दिएपछि प्रक्रियामा बिवाद उत्पन्न भएको हो ।

उजुरी परे लगत्तै प्रधानमन्त्री कार्यालयले तीन दिन भित्र छानविन गरी प्रतिवेदन बुझाउन पुर्ननिर्माण प्राधिकरणलाई दिर्नेशन दिएको छ । धरहरा पुननिर्माणका लागि जेष्ठ ४ गते अन्तराष्ट्रियस्तरको बोलपत्र आव्हान गरिएको थियो । जसमा बिभिन्न चिनिया कम्पनीसँगको ज्वाईन्ट भेन्चर गरी ६ निर्माण कम्पनीले आवेदन दिएका थिए । जस मध्ये प्राविधिक रुपमा सवल मानिएका ५ कम्पनी छनौट भएको जानकारी दिदै प्राधिकरणले असार ७ गते सुचना प्रकाशित गरेको थियो ।

प्राविधिक प्रस्ताव छनौट भएका कम्पनीले पेश गरेको आर्थिक प्रस्ताव असार २६ गते खोल्ने तय गरिएको थियो । तर कागजातको छानविन गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी परेपछि प्रकृया रोकिएको हो । टेण्डर प्रक्रियामा सहभागी जी आई ई टिसभी रमण जेभीले आफूले अन्य कम्पनीले भन्दा कम दर रेटमा आर्थिक प्रस्ताव पेस गरेकोले अन्य कम्पनीले चलखेल गर्दै अवरोध गर्न खोजेको आरोप लगाएको छ ।

टेण्डर प्रक्रियामा सहभागी अन्य कम्पनीले आफुले भन्दा उच्च दररेटमा आर्थिक प्रस्ताव पेस गरेको र तिनै कम्पनीको चलखेलमा टेण्डर प्रक्रिया अवरुद्ध गर्न खोजेको उक्त कम्पनीको दाबी छ । प्राविधिक रुपमा छनौट भएका मध्ये सबै भन्दा कमदररेटमा आर्थिक प्रस्तावको बोलपत्र पेस गर्ने निर्माण कम्पनी छनौट गरी ठेक्का दिने परिपाटी रहदै आएको छ ।

धरहरा पुर्ननिमार्णका लागि चार अर्व रुपैया भन्दा माथिको रकम लाग्ने अनुमान गरिएको छ । अर्बौ रुपैयाको धराहरा पुर्ननिर्माणमा चलखेल गरी आफ्नो भागमा ठेक्का पार्न सके करोडौं रुपैया हात पार्ने लोभमा निर्माण व्यवसायीको चलखेल सुरु भएको छ ।

धरहराको पुनर्निमाणमा मात्रै नभएर अन्य पूर्वाधार निर्माणमा पनि टेण्डर आफुले नपाउने भएपछि निर्माण व्यवसायीले बिभिन्न वाहनामा अवरोध पुर्याउने गरेका छन् । टेण्डर प्रक्रियामा देखिएको अवरोधले धरहरा पर्नुनिर्माण झन पछि धकेलिने देखिन्छ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan