बुधबार, २ श्रावन, २०७५ (Wed, 18 July, 2018)
खेलकूद
Jul 10, 2018
विश्वकप फुटबल अन्तर्गत फाइनल प्रवेशका लागि आज मध्यरातमा फ्रान्स र बेल्जियम भिड्ने
मंगलवार, आषाढ २६, २०७५
काठमाडौं : विश्वकप फुटबल अन्तर्गत आज रातिदेखि सेमिफाईनलका खेल सुरु हुँदैछन् । विश्वकपको पहिलो सेमिफाइनलमा आज नेपाली समय अनुसार आज राति ११:४५ बजे रसियाको क्रिस्तोभस्की रंगशालामा बेल्जियम र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ ।

आजको खेललाई कतिपय समर्थकले फाइनल अघिको फाईनलको रुपमा समेत लिएका कारण खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । युवा खेलाडीहरु सहितको सन्तुलित टोली फ्रान्स र स्टार खेलाडीहरु सहितको बेल्जीयम दुबै ऐतिहासिक जितका साथ फाईनल प्रवेशको दाउमा हुनेछन् ।

फ्रान्स २००६ पछि पहिलो पटक विश्वकपको सेमिफाईनल पुगेको हो भने बेल्जियम १९८६ पछि विश्वकपको सेमिफाईनल खेल्दैछ । आजको खेलमा बेल्जियमका प्रशिक्षक रोबेर्टो मार्टिनेज ले ब्राजिल सँग जस्तै तीन चार दुई एकको फरमेसनलाई प्रयोग सम्भावना छ ।

फ्रान्सका डिडिएर डेस्च्याम्पले भने बेल्जीयम बिरुद्ध सुरुदेखि नै आक्रामक सैली अपनाउन सक्छन् । फ्रान्स र बेल्जियम अहिलेसम्म ७४ पटक आमने सामने भएका छन्, जसमा बेल्जियम ३० पटक र फ्रान्स २४ द्पवटक बिजयी भएका छन् । बाँकि खेल बराबरीमा सकिएका छन् ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa