शुक्रबार, ३० कार्तिक, २०७५ (Fri, 16 November, 2018)
समाचार
Jul 11, 2018
नेकपाको सचिवालय बैठकद्वारा पार्टीको नियमावली अनुमोदन
बुधबार, आषाढ २७, २०७५
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीको नियमावली अनुमोदन गरेको छ । कार्यदलले स्थायी समितिको सुझावसहित परिमार्जन गरेको नियमावलीलाई आज बिहान बसेको पार्टी सचिवालय बैठकले अनुमोदन गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नियमावली अनुसार सबै पार्टी कमिटी र जनवर्गीय संगठनहरुको सांगठनिक एकीकरणको आवधिक कार्य योजना बनाउन तत्काल सचिवालयको अर्को बैठक बोलाउने निर्णय पनि गरेको छ ।

पार्टीका सबै कमिटी र जनवर्गीय संगठनहरुको एकीकरणको कामलाई तीब्रता दिने गरी नियमावलीमा आधारित भएर आवधिक कार्ययोजना तत्काल बनाउने निर्णय पनि गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पार्टीका नेताद्धय बामदेव गौतम र रामबहादुर थापा तथा महासचिव विष्णु पौडेल रहेको कार्य दलले तयार पारेको सो नियमावली तत्काल प्रकाशन गरी सबै पार्टी कमिटीहरुमा पठाउने निर्णय पनि सचिवालय बैठकले गरेको छ ।

नियमावलीमा दुई पार्टीको जनवर्गीय संगठनहरुको एकीकरण गर्दा एउटालाई अध्यक्ष र अर्को संगठनलाई सचिव दिनेगरी एकीकरण गर्ने व्यवस्था गरिएको छ । त्यसैगरी प्रदेश संगठनको हकमा संयोजक र सचिव मात्रै पदाधिकारी रहने व्यवस्था गरिएको छ ।

दुवै कमिटीका केन्द्रिय सदस्यहरुलाई मिलान गरेर एकीकृत केन्द्रिय समिति बनाउने व्यवस्था गरिएको छ । जनवर्गीय संगठन र कमिटीहरुको एकीकरण गर्दा दुवै संगठनका नेताहरुको सुझावलाई मूल आधार बनाउने पनि नियमावलीमा उल्लेख गरिएको छ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan