बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
समाचार
Jul 11, 2018
प्रतिवद्धता कार्यान्वयनको अवस्थाबारे संसदीय सुनुवाई विशेष समितिमा रेकर्ड राखिने
बुधबार, आषाढ २७, २०७५
काठमाडौं : संवैधानिक परिषदबाट सिफारिस भएकाहरुले गरेको प्रतिवद्दता कार्यान्वयनको अवस्थाबारे संसदीय सुनुवाई विशेष समितिमा रेकर्ड राखिने भएको छ ।

संसदीय सुनुवाईको क्रममा पदमा बहाल हुँदा यो गर्छु र उ गर्छु भन्ने तर बहाल भैसकेपछि त्यसको कार्यान्वयन नहुने परिपाटीको अन्त्य गर्न यस्तो रेकर्ड राख्ने प्रस्ताव सहितको कार्यविधि बन्न लागेको हो । प्रतिवद्धता अनुसार काम नभए सम्वन्धित मन्त्रालय वा प्रधानमन्त्री कार्यालयमा समितिले पत्राचार गर्ने कार्यविधि बन्न लागेको हो ।

संवैधानिक निकायका प्रमुख, सर्वोच्च अदालतका प्रधानन्यायाधीशदेखि न्यायाधीशसम्म तथा राजदूत नियुक्तिको सुनुवाई गर्ने समितिलाई ब्यवस्थित र जवाफदेही बनाउन लागिएको उपसमितिका संयोजक योगेश भट्टराईले जानकारी दिए ।

सुनुवाईको क्रममा पत्रकार महासंघ, नेपाल बारका प्रतिनिधिलाई समेत उपस्थित गराएर सुनुवाईलाई ब्यवस्थित बनाउने तयारी गर्न लागिएको छ । संवैधानिक परिषदबाट सिफारिस भएका ब्यक्तिलाई संसदीय सुनुवाई समितिका दुई तिहाई सदस्यले अस्वीकार गर्न सक्ने यस अघिको प्रावधानलाई भने कायम छ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang