शुक्रबार, ३० कार्तिक, २०७५ (Fri, 16 November, 2018)
देश
Jul 11, 2018
आन्दोलनरत चिकित्सक संघले शीर्ष नेतासँग छलफल गर्ने
बुधबार, आषाढ २७, २०७५
काठमाडौं : चिकित्सा शिक्षा ऐन जस्ताको तस्तै पास हुनु पर्ने माग गर्दै डा गोविन्द केसीले अनसन सुरु गरेको १२ दिन पुरा भएको छ । १५ औ पटक अनसन बसीरहेका डा केसीको स्वास्थ्य जटिल वन्दै जाँदा माग सम्वोधन वारे सरकार त्यति सकारात्मक देखिएको छैन ।

डा केसीको सत्याग्रह प्रति ऐक्यवद्ध हुदै उनका माग पुरा गराउन चौतर्फी दवाव भैरहदा पनि सरकार मौन रहेको भन्दै नेपाल चिकित्सक संघले चरणबन्द आन्दोलन सुरु गरेको छ ।

आन्दोलनकै कार्यक्रम अन्तर्गत संघमा आवद्ध चिकित्सकले देशभरका स्वास्थ्य सस्था अगाडी १ घण्टा धर्ना दिदै, हातमा कालो पट्टी बाधेर काम गरे । केसीका माग पुरा नगरे जस्तो सुकै आन्दोलन गर्ने चेतावनी दिएका उनीहरुले सरकार राज्य र जनताप्रति अनुदार वन्दै गएको आरोप लगाए ।

चिकित्सकहरु डा केसीको मागप्रति समर्थन जनाउदै आन्दोलनमा उत्रिदा सरकार पनि स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा असर पर्ने गरी आन्दोलनमा उत्रीएको भन्दै संघ प्रति कडारुपमा प्रस्तुत हुने जनाएको छ ।

अत्यावश्यकिय सेवा क्षेत्र अस्पतालको सेवा बन्द गरेर नागरिकको स्वास्थ्यमाथि खेलबाड गर्ने काम नगर्न भन्दै स्वास्थ्य राज्य मन्त्री पद्मा अर्यालले चिकित्सकहरुलाई सचेत गराएकी छन् । राज्यमन्त्री अर्यालले सरकारले केसीलाई उपचारका लागि काठमाडौं आउन र वार्तावाट समस्या समाधान खोज्न आग्रह गरेको बताएकी छन् ।

उता डा गोविन्द केसीले पनि वुधवार नै एक प्रेस विज्ञप्ती जारी गर्दै सरकार संवेदनहिन वन्दै गएको भन्दै जिम्मेवार पुर्ण व्यवहार गर्न आग्रह गरेका छन । आफु जुनसुकै वेला वार्तामा वस्न तयार रहे पनि सरकारले कुनै प्रस्ताव नगरेको उनको भनाइ छ । यसरी एउटै विषयमा आएका फरक फरक मतले समस्या समाधानको बाटो भन्दा अझै दुरी वढने संकेत देखिन्छ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan