बिहीवार, २९ कार्तिक, २०७५ (Thu, 15 November, 2018)
देश
Jul 11, 2018
साउन १ गतेदेखि देशभरमा रहेका यातायात समितिहरुको बैधानिक अस्तित्व नरहने घोषणा
बुधबार, आषाढ २७, २०७५
काठमाडौं : गत बैशाख २३ गते यातायात क्षेत्रको सिण्डिकेट अन्त्य भएको घोषणा गरेको सरकारले साउन १ गतेदेखि देशभरमा रहेका यातायात समितिहरुको बैधानिक अस्तित्व नरहने घोषणा गरेको थियो ।

समिति अन्तर्गत सञ्चालित सवारी साधन अनिवार्य रुपमा कम्पनीमा दर्ता हुनुपर्ने र कम्पनीमा नजानेको रुट ईजाजत खारेज हुने समेत सरकारको दावी थियो । तर उक्त सहमति सहित एक कार्यदल बनाइएको दुई महिना वितिसक्दा पनि अघिकाँस समिति कायमै छन् भने गठित कार्यदलले कुनै ठोस सुझाव दिन सकेको छैन । कार्यदलले सुझाव नदिएका कारण अन्यौल बढाएको यातायात व्यवसायीको आरोप छ ।

सरकारले सिण्डिकेट हटाउने बताएपनि यात्रुहरुको बिमा, दुर्घटनामा परेर घाईतेहरुको उपचार कस्ले गर्ने, रुटइजाजत कसरी व्यवस्थित गर्ने, कुन रुटमा कस्ता सवारी साधन चलाउने, सवारी साधनलाई क्यु कसरी र कस्ले दिने लगायतका बिषयमा सरकारले कुनै ठोस निर्णय लिन सकेको छैन ।

त्यस्तै यातायात व्यवसायीहरुले बिभिन्न बित्तिय सस्थाबाट ऋण लिएर सवारी साधन चलाई रहेका छन्, समिति नै खारेज भएपछि ती सवारी साधनको ऋण कम्पनीमा कसरी ट्रान्सफर गर्ने बिषयमा समेत आवश्यक गृहकार्य गर्नुपर्ने पूर्व यातायात मन्त्री लेखराज भट्टको धारणा छ ।

यी अन्योल कसरी चिर्ने भन्ने व्यवहारिक समाधान दिन नसकेका गृहमन्त्री रामबहादुर थापाको पुरानो रटान कायमै छ सिण्डिकेट हट्छ । गृहमन्त्री थापाले सिण्डिकेटका बिषयमा कडा अडान लिएको जस्तो देखिएपनि बिभागिय मन्त्री भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ भने सिण्डिकेटका बिषयमा पछिल्लो समय केही बोलेका छैनन् ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan