बुधबार, २ श्रावन, २०७५ (Wed, 18 July, 2018)
देश
Jul 11, 2018
काठमाडौं उपत्यकाका ३ जिल्लामा विहान ७ देखि राति ८ बजेसम्म ट्रिपर चलाउन प्रतिवन्ध
बुधबार, आषाढ २७, २०७५
काठमाडौं : गृह मन्त्रालयले उपत्यकाका तीन जिल्लामा बिहान सात बजेदेखि बेलुका आठ बजेसम्म ट्रिप्पर सञ्चालनमा रोक लगाउन निर्देशन दिएको छ ।

ट्रिप्परले ठक्कर दिएर सडक यात्रुको ज्यान जाने क्रम नरोकिएपछि गृहमन्त्रालयले उपत्यकाका तीन जिल्ला प्रशासनलाई यस्तो निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले टिप्परले ठक्करबाट मान्छेको ज्यान जान थालेपछि बेलुका आठ बजे अघि र बिहान सात बजे पछि उपत्यकामा टिप्पर सञ्चालनमा रोक लगाइएको जानकारी दिए ।

प्रवक्ता सुवदीले जिल्ला प्रशासनलाई निर्देशन दिइएको र सम्बन्धित जिल्लाले सरोकारवाला निकायहरुलाई प्रत्राचार गरी निर्णय कार्यान्वयनमा ल्याउने भएकाले यो निर्णय साउन १ गते देखि लागु हुन सक्ने जानकारी दिए ।

सोमवार मात्रै भक्तपुरको जडिबुटीमा टिपरको ठक्करले मोटरसाईकलमा सवार एक जनाको ज्यान गएको थियो भने एक जना घाइते भएका थिए । त्यस्तै जेठमा मात्रै उपत्यकामा टिप्परले चार जनाको ज्यान लिएको थियो भने ११ महिना यता ३९ जनाको ज्यान गईसकेको छ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa