बिहीवार, ३ माघ, २०७५ (Thu, 17 January, 2019)
खेलकूद
Jul 11, 2018
दोस्रो सेमिफाइनल खेलमा क्रोएसिया र इंग्ल्याण्डबीच प्रतिष्पर्धा हुँदै
बुधबार, आषाढ २७, २०७५
काठमाडौं : रुसमा जारी विश्वकप फुटबल अन्तर्गतको दोस्रो सेमिफाइनल खेलमा क्रोएसिया र इंग्ल्याण्ड आज राति ११:४५ बजे प्रतिष्पर्धा गर्दै छन् ।

सेमिफाइनलसम्मको यात्रा तय गर्दा क्रोएसिया अपराजित छ भने इंग्ल्याण्ड समूह चरणमा बेल्जियमसँग पराजित भएको थियो । क्वार्टरफाइनलमा क्रोएसियाले आयोजक रुसलाई ट्राइब्रेकरमा ४-३ गोलअन्तरले पराजित गरेको थियो भने इंग्ल्याण्डले स्विडेनलाई २-० गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।

सन् १९९८ को विश्वकपमा प्रवेश गरेको क्रोएसियाले त्यतिबेला नै सेमिफाइनल पुग्न सफल भएको थियो । त्यसयता क्रोएसिया सेमिफाइनलमा पुग्न सकेको छैन । विश्वकपमा क्रोएसियाले दोस्रो पटक सेमिफाइनल खेल्दैछ ।

सन् १९९० मा पछिल्लो पटक सेमिफाइनल खेलेको इंग्ल्याण्ड सन् १९६६ को विश्वकप विजेता हो । इंग्ल्याण्डले तेस्रो पटक सेमिफाइनल खेल्दैछ । विश्वकप फुटबलमा क्रोएसिया र इंग्ल्याण्ड पहिलो पटक भिड्न लागेका हुन् । हिजो सम्पन्न पहिलो सेमिफाइनलमा बेल्जियमलाई १-० गोलअन्तरले पराजित गर्दै फ्रान्स फाइनलमा पुगेको छ ।।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang