बिहीवार, ४ असोज, २०७५ (Thu, 20 September, 2018)
समाचार
Jul 12, 2018
लगातार वर्षाका कारण देशका विभिन्न स्थानको जनजीवन प्रभावित
बिहीवार, आषाढ २८, २०७५
काठमाडौं : बुधबारदेखिको लगातारको वर्षाका कारण जनजीवन अस्तव्यस्त बनेको छ । अविरल वर्षासँगै आएको बाढीले वस्ती डुबानमा परेका छन् भने पहिरोले राजमार्ग ठप्प अबरुद्ध भएका छन् ।

वर्षाले अहिलेसम्म मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन । अविरल वर्षापछि आएको बाढीले भक्तपुर डुबानमा परेको छ । भक्तपुरको हनुमन्ते खोलाको बाढी बस्तीमा पस्दा भक्तपुरका बस्ती जलमग्न भएका छन् । रातिदेखि नै उद्धारका लागि सुरक्षाकर्मीको टोली परिचालित छन् । यातायात, बजार, शिक्षण संस्था सबै बन्द भएका छन् ।

त्यसैगरी काभ्रेको बनेपा र पनौती पनि डुवानमा परेको छ । काभ्रे पुण्यमती खोला र खहरेमा आएको बाढीले बनेपाको थापा गाउँदेखि धनेश्वरसम्मका भाग डुबानमा परेका छन । तीन दर्जन बढी पसल, घरको पहिलो तल्लामा पानीको भेल पस्दा रातभर स्थानीय सुत्न सकेका छैनन् ।

त्यस्तैं, काभ्रे भन्ज्याङमा खसेको पहिरोका कारण अरनिको राजमार्ग आज बिहानैदेखि अबरुद्ध हुँदा आवागमन प्रभावित भएको हो । उता, बीपी राजमार्गका विभिन्न स्थानमा खसेको पहिरोले बिहानैदेखि सवारी साधनहरु रोकिएका छन् ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan