बुधबार, २ श्रावन, २०७५ (Wed, 18 July, 2018)
खेलकूद
Jul 12, 2018
इंगल्याण्डलार्इ २-१ गोलअन्तरले पराजित गर्दै क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनलमा
बिहीवार, आषाढ २८, २०७५
काठमाडौं : ईङग्ल्याण्डलाई हराउँदै क्रोएशिया पहिलोपटक फिफा विश्वकप फुटबलको फाईनलमा पुगेको छ । रसियाको राजधानी मस्को स्थित लुझ्निकि स्टेडियममा भएको दोश्रो सेमिफाईनलमा क्रोएशियाले ईङग्ल्याण्डलाई दुई एक गोल अन्तरले पराजित गरेको हो ।

खेलको शुरुवाती पाँचौ मिनटमा एक शुन्यले पछि परेको अवस्थालाई उल्टाउँदै क्रोएशिया विश्वकपको अन्तिम दुईमा स्थान बनाउन सफल बनेको हो । क्रोएशियाको जितमा ईभान पेरिसिकले निर्णक भुमिका निर्वाह गरेका थिए । खेलको पाँचौ मिनटमा कायरन ट्रिपियरले डि बक्सको केही बाहिरबाट पाएको फ्रि किकलाई गोलमा परिणत गर्दै ईङग्ल्याण्डलाई शुरुवाती अग्रता दिलाएका थिए ।

ट्रिपियरले गरेको गोलको मद्दतमा ईङग्ल्याण्डले पहिलो हाफमा एक शुन्यको अग्रता बनाएको भएपनि क्रोएशियाले दोश्रो हाफको ६८औं मिनेटमा बराबरी गोल फर्काएको थियो । क्रोएशियाका लागि ईभान पेरिसिकले बराबरी गोल फर्काएका थिए । त्यसपछि निर्धारित ९० मिनटको खेलमा दुबै टोलिबाट थप गोल हुन नसक्दा खेल अतिरिक्त समयसम्म लम्बिएको थियो ।

अतिरिक्त समयको १९औं मिनटमा ईभान पेरिसिकले दिएको एरियल क्रसमा मारियो मान्डुकिजले सुन्दर ढंगले गोलमा परिणत गर्दै क्रोएशियाको फाईनल यात्रालाई पक्का बनाएका हुन् । सन् १९ सय ९८ को विश्वकपमा सेमिफाईनलमा फ्रान्ससँग पराजित हुँदै क्रोएशियाको विश्वकपको फाईनलमा पुग्ने सपना तुहिएको थियो । त्यही फ्रान्ससँग अब क्रोएशियाले २१औं संस्रकणको विश्वकप फाईनलमा भिड्दै बदला लिने अवसर समेत पाएको छ ।

यी दुईबिचको फाईनल आगामी आईतबार मस्कोस्थित लुझनिकि स्टेडिममा राति पौने ९ बजे हुनेछ । यता पराजित ईङग्ल्याण्डले तेश्रो स्थानको लागि हुने खेलमा बेल्जियमको सामना गर्नेछ । तेश्रो स्थानको लागि हुने खेल शनिबार राति पौने ८ बजे हुनेछ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa