आईतवार, १२ फागुन, २०७५ (Sun, 24 February, 2019)
खेलकूद
Jul 16, 2018
विश्वकप फुटबल २०१८ को उपाधि फ्रान्सलाई
सोमबार, आषाढ ३२, २०७५
मस्को : विश्वकप फाइनलमा फ्रान्सले क्रोएसियालाई ४-२ ले हराउंदै आफ्नो दोस्रो विश्वकप उपाधि जितेको छ ।

खेलको सुरुवाती मिनेटहरुमा क्रोएसियाले खेलमा नियन्त्रणमा लिए पनि फ्रान्सले पहिलो गोल गर्न सफल भएको हो । फ्रान्सले खेलको १८औं मिनेटमा एन्टोइन ग्रिजम्यानको फ्रिकिकमा मारियो मान्डजुकिचले आत्मघाती गोल गर्दै फ्रान्सले अग्रता लिन सफल भएको हो ।

तर २८ औं मिनेटमा इभान पेरिसिचको गोलमा क्रोएसिया फेरी खेलमा फर्किन सफल भएको हो । फेरी खेलको ३८ औं मिनेटमा पेरिसिचको ह्यान्डबलमा फ्रान्सले पेनाल्टी जित्न सफल भएको थियो । ग्रिजम्यानले सो पेनाल्टी परिणत गर्दै फ्रान्सलाई खेलमा फेरी अग्रता दिलाएका हुन् ।

पोग्बाले खेलको ५९ औं मिनेटमा गोल गर्दै स्कोर ३-१ बनाए । डिबक्स बाहिरबाट किलियन एम्बाप्पेले गोल गर्दै ६५ औं मिनेटमा फ्रान्सको स्कोर ४-१ पारे । खेलको ६९ औं मिनेटमा ह्युगो लोरिसको गल्तीको सदुपयोग गर्दै मान्डजुकिचले गोल गर्दै स्कोर ४-२ पार्दै खेललाई रोमाञ्चक बनाए । तर थप गोल हुन नसकेपछी फ्रान्सले खेलमा जित हात पार्‍यो ।

यससंगै फ्रान्सले दोस्रो विश्वकप उपाधि जित्न सफल भएको छ । फ्रान्सले यस अघि सन् १९९८ मा आफ्नो पहिलो उपाधि जितेको थियो ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang