शुक्रबार, ३० कार्तिक, २०७५ (Fri, 16 November, 2018)
समाचार
Jul 16, 2018
अनसनरत डा. गोविन्द केसीको अवस्था गम्भीर बन्दै गएको चिकित्सकको भनाई
सोमबार, आषाढ ३२, २०७५
काठमाडौं : जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमरण अनसनमा रहेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।

सेप्सिसको उच्च जोखिममा रहेका केसीको स्वास्थ्य जटिल बनेको उनको हेरचाहमा संलग्न चिकित्सकहरुले जनाएका छन् । छातीमा असह्य पिडा भएको र सास फेर्न गाह्रो भएपछि डा.केसीले सहयोगका लागि आग्रह गरेको छ ।

हेरचाहमा संलग्न चिकित्सक टोलीले जाँच गर्दा रगतमा अक्सिजनको मात्रा ६०, श्वासप्रश्वासको गति ४० र मुटुको गति १२० को हाराहारीमा पुगेको छ । एन्टिबायोटिक्स लिन अस्विकार गरेका कारण केसीको घाँटीमा पनि संक्रमण देखिएको छ ।

अहिले स्थानीयस्तरमा उपलब्ध स्रोत साधन र जनशक्तिबाट उपचार भइरहेपनी मुटु सम्वन्धि समस्याले आइसियु चाहिने परिस्थिति आए सुविधा सम्पन्न अस्पतालमा रिफर गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।

यसैबीच, केसीको जीवनरक्षाको माग गर्दै जुम्लामा नागरीक समाजले नाराबाजी गरेको छ । कृष्णमन्दीरबाट निस्केको जुलुसलाई प्रशासन कार्यलय अगाडी जान निशेधित क्षेत्रका कारण प्रहरीले रोकेको थियो । नागरीक समाजका जिल्ला संयोजक राजबहादुर महतले केसीको जीवनरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारी विष्णु पौडेललाई ज्ञापनपत्र बुझाएका थिए ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan