आईतवार, १२ फागुन, २०७५ (Sun, 24 February, 2019)
देश
Jul 16, 2018
राउटे समुदायलाई स्थायी परिचयपत्र उपलब्ध
सोमबार, आषाढ ३२, २०७५
दैलेख : दैलेखको गुराँस गाउँपालिका-८ गर्चा पाल्ते खोला किनारमा आफूलाई जंगलको राजा भन्ने लोपोन्मुख फिरन्ते राउटे समुदायका ४२ घरधुरी रहेका छन् । सरकारले दिने सबै सुविधाहरु परिचय पत्रका अधारमा पाउने भएपछि खुसी देखिए पनि समुदायका मुखियाले परिचयपत्र राउटे वस्तीमा राख्न गाह्रो हुने बताए ।

रुखको गेलाबाट कोशी,आरी लगाएतका सामाग्री बनाएर जीविकोपार्जन गर्ने राउटे समुदायले आजकल पुरानो काम छोडिसकेका छन् । आफ्नै भाषा, सस्कृति भएको यो समुदाय विस्तारै अन्य समुदाय जस्तै सामान्य जीवनशैलीमा समाहित हुँदैछ ।

राउटे समुदायलाई राष्ट्रिय मूलधारमा ल्याउन, सामाजिक सुरक्षा भत्ता वितरणमा सहजता र नेपाली नागरिकका रुपमा स्थापित गर्नका लागि स्थायी परिचयपत्र वितरण गरेको गुरास गाउँपालिकाका अध्यक्ष खेमराज ओलीको भनाई छ ।

राउटे समुदायको वास्तविक तथ्यांक संकलनमा सहजता ल्याउन सहि सदुपयोग गदै राउटे समुदायलाई अब एउटै ठाँउमा बासस्थानको लागी व्यवस्था गर्न मन्त्रालय लागि पर्ने वताएको छ ।

परिचय पत्र दिएसँगै राउटे गुराँसका स्थायी बासिन्दा पनि बनेका छन् । राउटेहरुको अध्ययन, अनुसन्धान, संरक्षण र सहयोगलाई एकद्धार प्रर्णाली मार्फत सञ्चालन गर्न र उनिहरुको हक अधिकार सुनुस्चित भएको दैलैखका प्रमुख जिल्ला अधिकारीको भनाई छ ।

सशस्त्र द्वन्द्वपछि घना जंगल छोडेर ग्रामीण बस्ती नजिकका जंगलहरुमा बस्न थालेका राउटे वस्ति परिचय पत्र पाएपनि एकै ठाउँमा वस्ने वा नवस्ने दुविधा कायमै छ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang