शुक्रबार, ४ माघ, २०७५ (Fri, 18 January, 2019)
देश
Jul 16, 2018
काठमाडौं उपत्यकामा केही दिनदेखि बढेको फोहोरको दुर्गन्धले अस्तव्यस्त
सोमबार, आषाढ ३२, २०७५
काठमाडौं : दैनिक सयौं टन फोहोर उत्पादन हुने काठमाडौंमा केही सातादेखि व्यवस्थापन नहुँदा दुर्गन्ध निकै बढेको छ । काठमाडौं उपत्यकामा केही दिनदेखि बढेको फोहोरको दुर्गन्धले सडक प्रयोगकर्ताहरुलाई मुख थुनेर हिड्नुपर्ने अवस्था छ । फोहोरकै कारण उपत्यका दुर्गन्धित भएको छ ।

नुवाकोटस्थित सिसडोलमा फोहर फाल्ने स्थान अभाव हुँदा र अविरल बर्षाले सडक विग्रिएका कारण नियमित फोहर व्यवस्थापनमा समस्या आएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

नियमित रुपमा फोहर व्यवस्थापन गर्ने स्थानको अभाव मात्र होइन, नुवाकोटस्थित सिसडोलसम्म फोहोर लैजान सडक पनि बिग्रिएको छ । सडक मर्मत गर्नुपर्ने र फोहोर संकलनस्थलको समेत व्यवस्थापन गर्नुपर्ने भएको फोहोर व्यवस्थापनका लागि अझै एक साता लाग्ने महानगरपालिकाले जनाएको छ ।

काठमाडौ महानगरपालिकाबाट दैनिक पाँच मेट्रिक टन र उपत्यकाभित्रबाट दैनिक एक हजार मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापन गर्न ४ वर्षका लागि उक्त स्थान लिएको थियो । सम्झौताभन्दा लामो समयसम्म निरन्तर फोहर संकलन भएको भन्दै सिसडोलबासीले बिकल्प खोज्न दवाव दिइरहेका छन् ।

सिसडोलको विकल्पमा बच्चरेडाँडामा फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्नका लागि प्रयास भइरहे पनि हालसम्म काम शुरु हुन नसकेको महानगरपालिकाको भनाइ छ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang