बिहीवार, ३ माघ, २०७५ (Thu, 17 January, 2019)
समाचार
Jul 17, 2018
डा. गोविन्द केसीको मागप्रति गम्भीर बन्न प्रधानमन्त्रीलाई कांग्रेस सभापतिको आग्रह
मंगलवार, श्रावन १, २०७५
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई भेटेर डा. गोविन्द केसीको मागप्रति गम्भीर बन्न आग्रह गरेका छन् । सभापति देउवाले आफ्नो नेतृत्वको सरकारले गरेको कामको निरन्तरता दिन पनि प्रधानमन्त्रीलाई आग्रह गरेको उनका निजी सचिवालयले जनाएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटार पुगेका पूर्व प्रधानमन्त्री देउवाले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफ्नो नेतृत्वले ल्याएको अध्यादेश हुबहु विधेयकमा समेट्न आग्रह गरेको हो । डा केसीको स्वास्थ्य अवस्था गम्भिर बन्दा समेत सरकारले उचित ध्यान दिन नसकेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराउनुभएको कांग्रेस प्रबक्ता विश्वप्रकाश शर्माले बताए ।

माथेमा आयोगको प्रतिवेदन अनुसार विधेयक आउनुपर्नेमा केही नीजि मेडिकल सञ्चालकको योजनामा विधेयक आएको भन्दै नसच्चाए कांग्रेसले देशैभर विरोध कार्यक्रम गर्ने चेतावनी समेत देउवाले दिएका छन् ।

त्यस्तै भेटमा देउवाले आफ्नो नेतृत्वको सरकारले गरेको भूकम्प पीडितलाई एक लाख दिने, वृध्दभक्ता ६५ बर्षमा दिने, मृगौला, मुटु, क्यान्सर जस्ता गम्भिर विरामीलाई ५ हजार दिने निर्णय खारेज गरेकोमा समेत आपत्ति जनाएका छन् । प्रधानमन्त्री ओलीले छलफलबाटै अगाडी बढ्न सकिने बताएको वुझिएको छ ।।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang