मंगलवार, ३० असोज, २०७५ (Tue, 16 October, 2018)
समाचार
Jul 17, 2018
संबैधानिक व्यवस्थाका कारण राजदूत पद राजनीतिक हो वा सरकारी भन्नेमा विवाद
मंगलवार, श्रावन १, २०७५

काठमाडौं : सरकारले पूर्व प्रमुख निर्वाचन आयुक्तलाई राजदूतका लागि सिफारिस गरेसँगै उनलाई नियुक्ति गर्न मिल्ने कि नमिल्ने भन्नेमा कानुनविदहरु नै बिभाजित भएका छन् । पुर्व आयुक्त सरकारी सेवामा गाह्रय हुने संबैधानिक व्यवस्थाका कारण राजदूत पद राजनीतिक हो वा सरकारी भन्नेमा पनि विवाद देखिएको छ ।

संविधानको धारा २४५ को उपधारा ८ मा निर्वाचन आयोगको आयुक्त भइसकेको ब्यक्ति अन्य सरकारी सेवामा गाह्रय हुने छैन भन्ने उल्लेख छ । तर सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भारतको लागि राजदूतमा सिफारिस गरेसँगै विवाद देखिएको छ ।

नेपाल बारका महासचिव खम्बबहादुर खातीले संविधानमा नियुक्त गर्न नमिल्ले भनि प्रष्ट रुपमा उल्लेख हुदाँ हुदै सिफारिस गर्नु गैरसंवैधानिक कदम भएको बताएका छन् । तर अर्का कानुनविद टीकाराम भट्टराईले भने प्रमुख निर्वाचन आयुक्त भएको ब्यक्तिलाई राजदूतमा नियुक्त गर्न कुनै संवैधानिक अड्चन नभएको जिकिर गरेका छन् ।

राजदूत पद सरकारी हो वा राजनीतिक भन्नेमा समेत कानुनविदहरु विभाजित भएका छन् । राजदूतमा नियुक्त भैसकेपछि सरकारी निर्देशन मान्नेदेखि सरकारबाटै सेवा सुविधा लिने भएकोले राजदूत सरकारी पद भएको कानुनविद् खातीको तर्क छ ।

यसरी कानुनविदहरु नै विभाजित हुँदा प्रमुख निर्वाचन आयुक्त भैसकेको ब्यक्तिलाई राजदूत बनाउन हुने कि नहुने भन्ने विषय पेचिलो बनेको छ भने अर्कोतर्फ एउटै ब्यक्तिले पटक पटक लाभको पद उपभोग गर्न पाउने कि नपाउने भन्नेमा समेत बहस सुरु भएको छ ।।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan