आईतवार, ३ भाद्र, २०७५ (Sun, 19 August, 2018)
देश
Jul 17, 2018
यातायात सिण्डिकेटबारे सरकार र व्यवसायीको फरक धारणा
मंगलवार, श्रावन १, २०७५
काठमाडौं : बैशाख ४ गते मन्त्रीपरिषदको बैठंकले साउन १ गतेसम्म कम्पनीमा दर्ता नहुने सवारी साधनको रुट ईजाजत खारेज गर्ने निर्णय गरेपनि त्यो पुर्ण रुपमा कार्यान्वनमा आउन भने अरु ६ महिना लाग्ने जनाइएको छ ।

बैशाख २४ गते यातायात व्यवसायी र सरकार बीच भएको सहमति भएअनुसार गठन भएको कार्यदलले आगामी ६ महिना सम्म यथास्थितिमा मै सवारी साधनलाई रुट परमिट दिनुपर्ने सुझाव दिएको थियो । यातायात व्यवस्था बिभागले भने समितिमा आवद्ध सवारी साधनलाई पञ्जीकरणका लागि थप समय दिईएपनि साउन १ गते देखि कुनै पनि समितिको दर्ता नविकरण नभएकाले स्वत खारेज भएको दाबी गरेको छ ।

बिभागले समितिहरुको वैधानिकता समाप्त भएको दाबी गरेपनि व्यवसायीले भने समितिहरु यथावत नै रहेको दाबी गरेका छन् । समिति नै सिण्डिकेट भएको बुझनु गलत भएको भन्दै समितिले दिइरहेको सेवा र प्रक्रियामा रुपान्तरण भएको उनीहरुको भनाइ छ ।

समिति अन्तर्गतको सम्पत्ति, दायित्व, कर्मचारी र गाडी रुपान्तरण कुन ऐन अन्तर्गत हुने भनेर निस्कर्ष निकाल्न पौष मसान्तसम्मको समय आवश्यक रहेको व्यवसायीको भनाई छ । सरकारले पटक पटक सिण्डिकेट अन्त्य भएको सवै यातायात समितिहरुको बैधानिकता समाप्त भएको भनेपनि समितिको नाममा खोलिएको बैंक खातामा रहेको करोडौं रुपैंया,चल अचल सम्पति के हुने र कर्मचारीको ब्यवस्थापन कसरी गर्ने भन्ने जटिल प्रश्न ज्युका त्यु छन । साथै सरकारले दुर्घटनामा परी घाईते वा मृत्यु भएकोमा उपचार र क्षतिपुर्ति कस्ले दिने भन्ने बिषयमा समेत कुनै निर्क्योल दिन सकेको छैन ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa