आईतवार, १२ फागुन, २०७५ (Sun, 24 February, 2019)
आर्थिक
Jul 17, 2018
नेपाल स्टक एक्सचेन्जको आजबाट अनलाईन कारोवार सुरु
मंगलवार, श्रावन १, २०७५
काठमाडौं : नेपाल स्टक एक्सचेन्जले आजवाट अनलाईन कारोवार सुरु गरेको छ । सेयर वजार अन्तर्गत दोस्रो वजारवाट हुने कारोवारलाई इन्टरनेट प्रविधि मार्फत संचालन गर्ने उद्देश्यले अनलाईन कारोवार संचालन गरिएको नेप्सले जनाएको छ ।

नयाँ प्रविधिमा लगानीकर्ताहरु अव्यस्त हुन समय लाग्ने तथा सम्पुर्ण व्रोकर कम्पनीले नयाँ प्रणाली जडान गर्नु पर्ने भएकाले अनलाइन प्रणाली पुर्णरुपमा संचालन हुन अझै २ साता जति समय लाग्ने नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ ।

विद्यमान कारोवार प्रणाली र अनलाईन कfरोवार प्रणाली समान्तर रुपमा संचालन गर्ने नेप्सेले जनाएको छ । अनलाईन प्रणालीवाट कारोवार संचालनमा आएसंगै अव लगानीकर्ताले व्रोकरकोमा धाउनुपर्ने झन्जटवाट मुक्ती पाउनेछन् ।

लगानीकर्ताले नजिकको व्रोकर कम्पनीवाट युजर नेम र पासवर्ड लिनुपर्नेछ । अनलाईन प्रणालीले कारोवार आएका सम्पुर्ण कम्पनी लिस्ट र कारोवार देखाउनेछ र उक्त लिस्ट अनुसार लगानीकर्ताले विभिन्न कम्पनीको सेयर कारोवार गर्न सक्नेछन् ।

अनलाइन प्रणाली संचालनमा आएसंगै विदेशमा रहेका नेपालीले समेत शेयरमा लगानी गर्न सक्नेछन् । त्यसका लागि नेपालका बैकहरुमा खाता र डिम्याट खाता खोली आवश्यक रकम जम्मा गरे शेयर खरिद गर्न सक्ने नेप्सेले जनाएको छ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang