आईतवार, १२ फागुन, २०७५ (Sun, 24 February, 2019)
आर्थिक
Jul 17, 2018
सरकारले सबै स्थानीय तहमा बैंक संचालन गरिसक्ने योजना बनाएपनि अझै अन्यौल
मंगलवार, श्रावन १, २०७५
काठमाडौं : सरकारले असार मसान्तसम्म सबै स्थानीय तहमा बैंक संचालन गरिसक्ने योजना बनाएपनि १ सय ९७ स्थानीय तहमा बैंक पुग्न सकेको छैनन् । असुरक्षा र पूर्वाधार अभावलाई कारण देखाइ बैंकहरु पहुँच विस्तारमा ढिलाइ गरिरहँदा अर्थमन्त्रीले भने सुरक्षा प्रदान गर्न सरकार सक्षम रहेको बताएका छन् ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले असोज मसान्तसम्म सरकारी तथा निजी संस्थानले अनिवार्य रुपमा बैंक खातामार्फत भुक्तानीको व्यवस्था गर्ने निर्णय गरेको छ । तर सबै स्थानमा बैंकको पहुँच हुन नसक्दा कार्यान्वयनमा कठिनाइ हुने देखिएको छ ।

७ सय ५३ वटा स्थानीय तहमध्ये १ सय ९७ स्थानीय तहमा अहिलेसम्म कुनैपनि बैंक पुगेका छैनन् । सैद्धान्तिक रुपमा सबै स्थानीय तहमा कम्तीमा एकवटा बैंक अनिवार्य पुर्याउने सरकारको नीति रहेपनि एउटावटा बैंकको उपस्थिति पर्याप्त नरहेको सरोकारवाला बताउँछन् ।

पूर्वाधार, सुरक्षा र नीतिगत व्यवस्था लगायतका कारणले बैंकहरु सबै तहमा पुग्न कठिन भएको बताउँदै आएका छन् । सबै स्थानीय तहमा बाटोघाटो, विद्युत, इन्टरनेट जस्ता पूर्वाधार पुगिसकेको अवस्था छैन् भने असुरक्षा लगायतका कारणले पनि बैंकहरु जान मानेका छैनन् । राष्ट्र वैंकले पनि असुरक्षाको भयले स्थानिय तहमा बैंक स्थापना गर्न ढिलाई भएको स्पष्ट पारेको छ ।

तर सबै स्थानीय तहमा बैंकहरुलाई सुरक्षा दिन सरकार समक्ष रहेको अर्थमन्त्री डा. युवराज खतिवडाको दावी रहेको छ । सरकारी स्वामित्व तथा निजी स्वामित्वका संस्थानहरुले अनिवार्य रुपमा पुस महिनासम्म बैंकिङ प्रणालीबाट सेवा दिइसक्नुपर्ने अर्थमन्त्रीको भनाई छ ।

राष्ट्र बैंकले यही असार मसान्तसम्म सबै स्थानीय तहमा बैंक संचालन गरिसक्ने योजना बनाएपनि हालसम्म ५ सय ५६ वटा स्थानीय तहमा मात्रै बैंक स्थापना भएको छ ।।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang