सोमबार, २ पौष, २०७५ (Mon, 17 December, 2018)
खेलकूद
Jul 17, 2018
एमसीसी र नेदरल्यान्डसँग खेलका लागि पारस खड्काको कप्तानीमा नेपाली क्रिकेट टोली घोषणा
मंगलवार, श्रावन १, २०७५
काठमाडौं : एमसीसी र नेदरल्यान्डविरुद्धको खेलको लागि पारस खड्काको कप्तानीमा नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । १५ सदस्यीय नेपाली टोलीमा विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेलले पुनरागमन गरेका छन् ।

सुवासले करिव तीनवर्षपछि राष्ट्रिय टिममा पूनरागमन गरेका हुन् । टोलीको उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल कुमार साह, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी र मोहम्मद आरिफ शेखले अन्तिम १५ मा स्थान सुरक्षित गरे ।

यस्तै रोहति कुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर र सोमपाल कामीले अन्तिम १५ मा स्थान सुरक्षित गरेका छन् । विनोद भण्डारी, सुनिल धमला, सुसन भारी र प्रदीप ऐरीलाई वैकल्पिक खेलाडीको रुपमा राखिएको छ । आइसीसीका प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित तीन सदस्यीयले टोलीका लागि खेलाडी छनोट गरेका थिए ।

नेपाली टिम बिहिबार इंग्ल्यान्ड प्रस्थान गर्ने कार्यतालिका रहेको छ । त्रिकोणात्मक सिरिज लर्डस क्रिकेट मैदानमा जुलाई २९ तारिखबाट शुरु हुनेछ । नेपाल र नेदरल्यान्डले पाँच महिनाअघि मात्रै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan