आईतवार, १२ फागुन, २०७५ (Sun, 24 February, 2019)
समाचार
Jul 18, 2018
डा. केसीको समर्थन र असंबैधानिक कदमको विरोधमा संसद अवरुद्ध पार्ने कांग्रेसको घोषणा
बुधबार, श्रावन २, २०७५
काठमाडौ : संघीय संसदको निर्वाचनपछि फागुनमा केपी ओली प्रधानमन्त्रीमा हुदाँ धेरैमा ठुलो आशा र सपना थियो, अव मुलुक समृध्दीको दिशामा अगाडी बढ्छ । राजनीतिक क्रान्ति पूरा भएको र संविधान पनि कार्यान्वयनमा भएको भन्दै अव समृध्दीको यात्रामा मुलुक अगाडी बढाउने सबै दलको प्रतिवद्दता थियो । तर पाँच महिना पुग्दा नपुग्दै सत्तापक्ष र प्रतिपक्ष एक अर्काको परिपूरक हुनुपर्नेमा सकेको बल लगाएर पेल्ने र विरोध गर्ने पुरानै प्रवृत्ति दोहोरिदाँ मुडभेडको स्थिति देखिन थालेको छ ।

राष्ट्रपतिदेखि संघीय सरकार हुँदै ७ वटै प्रदेशमा सत्तारुढ दलको दुईतिहाई बहुमतको बलियो सरकार । संविधान कार्यान्वयन भई बनेको सरकारसँग राजनीतिक उल्झन छैन, केवल विकास र समृध्दीको यात्रामा सबैलाई समेटेर हिड्नुपर्ने अवस्था मात्रै थियो । तर पछिल्लो समय सत्तापक्ष र प्रतिपक्षको निषेधको जस्तै राजनीति विकास भएको छ । माइतीघरदेखि सदन हुँदै जुम्लामा समेत सरकारको विरोध भैरहेको छ ।

प्रतिपक्ष कांग्रेस सत्तारुढ दल र सरकारले दुई तिहाईको दम्भ देखाएको भन्दै सदनदेखि सडक संघर्षमा उत्रिने तयारीमा छ । संविधान मिच्चिन थालेको र लोकतन्त्रमाथि खतरा बढेको भन्दै विरोधका कार्यक्रम सार्वजनिक गरि सरकारलाई खवरदारी गरिरहेको छ । तर सरकार भने कसैले तर्साउदैमा नतर्सने बरु सरकारले दृढताका साथ काम गर्ने भन्दै विरोधीहरुलाई खबरदारी गर्न कार्यकर्तालाई प्रधानमन्त्रीले नै निर्देशन दिइरहनु भएको छ ।

सत्ता पक्ष गोविन्द केसीको माग पूरा गराउन तयार भैसकेको छैन भने प्रतिपक्ष कांग्रेस जसरी पनि पूरा गराउने पक्षमा सदनदेखि सडक संघर्षको कार्यक्रम सार्वजनिक गरिरहेको छ । मुलुकको विकास र समृध्दी तर्फ सबै मिलेर अगाडी बढ्नुपर्नेमा दलहरु मुडभेडकै अवस्थामा उत्रिनु मुलुक र जनताको हितको पक्षमा छैन ।।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang