बुधबार, ४ पौष, २०७५ (Wed, 19 December, 2018)
समाचार
Jul 18, 2018
सरकार स्वेच्छाचारी ढंगले अगाडी बढ्न खोजेको नेपाली कांग्रेसको आरोप
बुधबार, श्रावन २, २०७५
काठमाडौं : नेपाली कांग्रेसले डा गोविन्द केसीले उठाएका माग सम्वोधन नभएसम्म र संविधान विपरितका गतिविधि नसच्चाएसम्म संसद चल्न नदिने चेतावनी दिएको छ । आज विहान सभापति शेरबहादुर देउवाले पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल सहित पदाधिकारीसँग गरेको छलफलपछि कांग्रेसले यस्तो चेतावनी दिएको हो ।

सरकार स्वेच्छाचारी ढंगले अगाडी बढ्न खोजेको भन्दै सडक र सदनबाट एकढिक्का भएर निर्णय सच्चाउन दबाब दिने कांग्रेसले जनाएको छ । चिकित्सा शिक्षा विधेयक फिर्ता लिएर आफ्नो नेतृत्वको सरकारले ल्याएको अध्यादेशको मर्म अनुसार विधेयक ल्याउन माग समेत गरेको छ ।

सभापति देउवाले मंगलबार प्रधानमन्त्री केपी ओलीलाई भेटी यसअघि सरकारले गरेका निर्णय नउल्टाउन र केसीका माग पूरा गर्न दबाब दिएका थए । संविधानमा सभामुख र उपसभामुख फरक पार्टीको हुनुपर्नेमा एउटै पार्टीको भएको, संवैधानिक निकायको प्रमुख भैइसकेको ब्यक्ति राजदूतमा सिफारिस हुनु संविधानमाथी प्रहार भएको कांग्रेसले ठहर छ ।

विहिवारदेखी राजधानीमा सडक आन्दोलनको घोषणा गरेको कांग्रेसले भोलिदेखी हुने संसद बैठक पनि अवरुद्ध गर्ने चेतावनी दिएको हो । असार ३१ गते २ पटक बसेको संसद बैठक पनि कांग्रेसकै अवरोधका कारण सञ्चालन हुन सकेको थिएन ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan