आईतवार, १२ फागुन, २०७५ (Sun, 24 February, 2019)
समाचार
Jul 18, 2018
अनसनरत डा. केसीको अवस्था थप जटिल बन्दै, अकस्मिक बाहेकका सेवा ठप्प पार्ने चिकित्सक संघको घोषणा
बुधबार, श्रावन २, २०७५
काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ दिन देखि अन्सनरत डा.गोविन्द केसीको स्वास्थ्य थप जटिल वन्दै गएको छ । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा अनसनरत डा. केसीको स्वास्थ्य दिन प्रतिदिन गम्भिर हुदै गइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन ।

चिकित्सकका अनुसार डा केसीको मुटुको गतिमा घटवढ भैरहेको र यो अवस्थामा जुनकुनै बेला पनि सिसियुमा राखेर उपचार गर्नुपर्ने हुनसक्छ । तर यो सुविधा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपलब्ध नभएकोले थप समस्या हुन सक्ने उनीहरुको भनाई छ ।

निरन्तर घटिरहेको सेतो रक्तकोशिका र बढ्दो संक्रमणका कारण झन जोखिम वढेको जनाइएको छ । रगतमा पोटासियम, म्यागनेजियम र क्यालसियमको मात्रा निकै कम भएको छ । यसरी इलेक्ट्रोलाइट्स घट्दा आउन सक्ने जोखिम बारे डा.केसी जानकार भएपनि माग पुरा नभएसम्म ती तत्वहरु लिन अस्वीकार गरेका छन् ।

नेपाल चिकित्सक संघले भोलिदेखि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेको भन्दै संघले भोली एक दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको हो ।

सरकारले नै बनाएको विज्ञ टोलीले दिएको सुझावअनुसार चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई कार्यान्वयन गर्ने अग्रसर नभएको तथा डा. केसी जीवन रक्षाको लागि सरकारले ठोस पहल नगरेको संघको आरोप छ । एक दिन सेवा बन्द गराउदा पनि सरकार संवेदनशील नभए देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्ने चिकित्सक संघले चेतावनी दिएको छ ।

यसैबीच राष्ट्रिय चिकित्सक संघ र अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ लगाएतका पेशागत संगठनहरुले नेपाल चिकित्सक संघले आह्वान गरेको आन्दोलनको विरोध गरेका छन् । दुई संगठनले काठमाण्डौमा पत्रकार सम्मेलन गरी नागरिकको स्वास्थ्या सेवाको अधिकारलाई वञ्चित गर्न नहुने भन्दै देशभरका सवै स्वास्थ्य संस्थामा चिकित्सक र नर्सहरुले विरामीलाई सेवा दिने बताए ।

पत्रकार सम्मेलनमा मधेसी चिकित्सक सघ, राष्ट्रिय स्वास्थ्याकर्मी संघ, नेपाल नर्सिङ संघ र प्रध्यापकहरुले स्वास्थ्य सेवा सञ्चालन गर्ने एक्यवद्धता जनाएका छन् । नेपालमा करिव ५ देखी ६ लाखको हाराहारीमा स्वास्थ्याकर्मीहरु रहेका छन् ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang