आईतवार, १२ फागुन, २०७५ (Sun, 24 February, 2019)
देश
Jul 18, 2018
यातायात समिति नरहेको सरकारी दावी व्यवहारिक रुपमा कार्यान्वयन भएन
बुधबार, श्रावन २, २०७५
काठमाडौं : साउन १ गते देखि नेपालमा यातायात व्यवसायी समितिहरुको अस्तित्व छैन । समिति खारेज भैसकेको सरकारको दावी छ । तर व्यवहारमा समितिहरु कायमै छन् र यात्रुहरुले कुनै परिवर्तनको अनुभूति गर्न पाएका छैनन् ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुबीर महासेठले साउन १ गते देखि पूर्ण रुपमा सिण्डिकेट अन्त्य गरिने बताउदै आएका थिए । सरकारले गत बैशाखमै खारेज गरिसकेका यातायात व्यवसायी समितिहरुले कम्तिमा नयाँ आर्थिक वर्ष अर्थात साउन १ गते देखि कुनै पनि काम कारबाही गर्न नपाउनु पर्ने हो । मन्त्री महासेठले मात्रै नभएर यातायात व्यवस्था बिभागले पनि समितिहरुको दर्ता नविकरण नभएपछि यातायात समितहरु स्वत खारेज भएको दाबी गरेको थियो ।

सरकारको दावी एकातिर भएपनि व्यवहारमा भने ठिक बिपरित अवस्था छ । अहिले पनि समितिहरुले पूर्ववत काम गरिहेका छन् । काठमाडौंको नयाँ बसपार्कमा रहेका सम्पूर्ण यातायात समितिहरुका टिकट काउण्ट बन्द गराइएको थियो । लोत्से बहुउदेश्यीय प्रालीद्धारा सञ्चालित भनेर समितिहरुकै नाममा काम भैरहेको छ ।
सिण्डिकेटकै सबै भन्दा बलियो आधार आलोपालो प्रणाली हो । अहिले पनि समितिहरुले आलो पालो प्रणालीमा सवारी साधन सञ्चालन गर्न छोडेका छैनन् । सरकारले सिण्डिकेट अन्त्य भएको र समितिहरु पनि खारेज भएको बताएपनि यात्रुहरुलाई कुनै फरक अनुभूति भएको छैन ।

सरकारले बढो प्रचारसहित गरेको सिण्डिकेट अन्त्यको घोषणा कार्यान्वयनको अवस्थाले यो विषयमा चर्चा बढी काम भएको स्पष्ट देखिन्छ । जुन बलियो भनेको सरकारका लागि चुनौतिको विषय हो ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang