सोमबार, २ पौष, २०७५ (Mon, 17 December, 2018)
देश
Jul 18, 2018
रुकुममा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु, ४ जनाको अवस्था गम्भिर
बुधबार, श्रावन २, २०७५
रुकुम : रुकुम पूर्वको सिस्ने गाउँपालिका- ५ मा आज भएको जीप दुर्घटना मृत्यु हुनेको संख्या ७ पुगेको छ भने घाइते ४ जनाको अवस्था गम्भिर रहेको छ । जिल्ला सदरमुकाम रुकुमकोटबाट सोही गाउँपालिकाको धौलापैरा जादै गरेको लु १ ज २५७३ नम्बरको जीप मध्यपहाडी लोकमार्ग अन्तरगत धारपानीमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परि मृत्यु हुनेमा रुकुम पुर्व भुमे गाउँपालिका- ४ का २८ बर्षिय अर्जुन बिक, पुथा उत्तरगंगा गाउँपालिका -१४ कि ३२ बिर्षया सलिना बर्मा, सोही गाउँपालिका-१ का ३५ बर्षिय कुमार पुन, ३१ बर्षिया वुद्धीराज पुन, वडा नम्वर २ का २२ बर्षिय किरण पुन, वडा नं. -१२ की ३१ बर्षिया तिर्सना तुलाचन तथा कोहलपुर बाँकेकी २२ बर्षिय ललिता परियार रहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

प्रमुख प्रहरी नायव उपरिक्षक प्रविणलाल श्रेष्ठका अनुसार जिप चालक सहित बाँकी चार जनाको अवस्था गम्भिर भएकोले घटना स्थालबाट उद्धार पश्चात हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाडौं ल्याइएको छ । केही दिनदेखी निरन्तर परिरहेको बर्षाका कारण बाटो चिप्लो भई जिप चिप्लदा दुर्घटना भएको हुनसक्ने बताईएको भएपनि स्पस्ट कारण भने खुल्न सकेको छैन ।

जिप सडबाट करिव दुई सय मिटर तल खसेको थियो । जिपमा ड्राईभर सहित जम्मा ११ सवार रहेको प्रहरीले बताएको छ । मृतकमध्ये मध्ये चार जनाको घटनास्थालमै मृत्यु भएको थियो भने बाँकी तिन जनाको जिल्ला जनस्वास्थ्य कार्यालय रुकुमकोटमा उपचारका क्रममा मृत्यु भएको हो ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan