मंगलवार, ३ पौष, २०७५ (Tue, 18 December, 2018)
आर्थिक
Jul 18, 2018
पाँच नम्बर प्रदेशमा पहिलो पटक ल्याएको बजेट १९ प्रतिशत मात्रै खर्च
बुधबार, श्रावन २, २०७५
काठमाडौं : पाँच नम्बर प्रदेश सरकारले पहिलो पटक ल्याएको बजेटको १९ प्रतिशत मात्रै खर्च गरेको छ । प्रदेश सरकारले १ अर्व २ करोड ५ लाखको बजेट ल्याएकोमा १९ करोड ३० लाख ५३ हजार मात्रै खर्च भएको छ ।

पुँजीगत तर्फ २५ करोड बजेट छुट्याएकोमा जम्मा ६४ लाख मात्रै खर्च भएको छ । प्रदेश सरकार मातहत अझै पनि संरचना नबनेकाले नयाँ आर्थिक वर्षको बजेट खर्च पनि हुन नसक्ने सम्भावना बढेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव थानेश्वर गौतमको भनाई छ ।

शुन्य पूर्वाधारबाट शुरु भएको प्रदेश सरकारले पुँजिगत बजेट कुर्ची टेवल खरिद र कार्यालय व्यवस्थापन बाहेक अन्यमा खर्च गर्न सकेको छैन । प्रदेशका छ मन्त्रालय र संसद मध्ये सबैभन्दा बढी संसदले ५ करोड ९१ लाख बजेट खर्च गरेको छ । सबैभन्दा बढी बजेट बिनियोजन भएको भौतिक पूर्वाधार मन्त्रालयले साढे ३० करोड बजेटमध्ये १ करोड १५ लाख मात्रै खर्च गर्न सकेको छ ।

प्रदेश सरकारले नयाँ आर्थिक वर्षका लागि २८ अर्वको बजेट ल्याएको छ । मन्त्रालयका संरचना तत्काल नफेरिए र संघीय सरकारबाट अधिकार क्षेत्रवारे स्पस्ट नभए नया बजेट समेत खर्च हुन नसक्ने अधिकारीहरुको भनाइ छ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan