आईतवार, ३ भाद्र, २०७५ (Sun, 19 August, 2018)
आर्थिक
Jul 18, 2018
इन्टरनेट सेवामा नागरिकलाई झुक्काएर सूचनाको पहुँचबाट बन्चित लगाएकोमा चौतर्फी विरोध
बुधबार, श्रावन २, २०७५

काठमाडौं : निर्वाचनको बेला नि:शुल्क इन्टरनेट सेवाको आश्वासन दिने दल नेतृत्वको सरकारले इन्टरनेटमा लगाएको दूरसञ्चार सेवाको चौतर्फी विरोध भएको छ ।

घोषणापत्रमा उल्लेख गरेको भन्दा ठिक विपरित हुने गरि नागरिकलाई झुक्काएको र सूचनाको पहुँचबाट बन्चित गर्न खोजेको भन्दै नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ । सरकारले इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाएको विरोधमा चौतर्फि विरोध भैरहदा प्रमुख विपक्षी दल नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणको प्राङ्गणमा विद्यार्थीहरुले १३ मिनेटसम्म प्रदर्शन गरेर इन्टरनेटमा वृद्धि गरिएको १३ प्रतिशत करको विरोध जनाएका हुन । सुचना र प्रविधिको युगमा इन्टरनेटलाई झन महँगो बनाउने तर्फ सरकार लागेकोले कर खारेजी नभएसम्म विरोध जारी रहने विद्यार्थी नेताको भनाइ छ । कर लगाएर सरकारले जनताको सूचनामाथिको पहुँचलाई कमजोर पार्न खोजेको उनीहरुको आरोप छ ।

चुनावका बेला फ्री वाइफाइको नारा दिएपनि सत्तामा पुगेपछि चुनावी नारा विर्सिएको र विद्यार्थीलाई अत्यावश्यक भइसकेको इन्टरनेट महँगो बनाएर सरकारले विद्यार्थीको भविष्यसँग खेलवाड गरेको उनीहरुको भनाइ छ ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाएको छ । त्यस्तै टेलिफोनमा ११ प्रतिशत कायम रहेको दूरसञ्चार सेवा शुल्क पनि २ प्रतिशतले बढेर १३ प्रतिशत कायम भएको छ । जसले गर्दा टेलिफोन पनि केही महँगो हुने भएको छ । सरकारले बढाएको कर इन्टरनेट सेवा प्रदायकले उपभोक्ताबाट असुल गर्नेछन् र यसको प्रत्यक्ष मार उपभोक्तालाई नै पर्नेछ ।

यद्यपि सेवा प्रदायकले चाहेमा हाल कायम भएको मूल्यमै कर समायोजन गर्न सक्ने दूरसञ्चार प्राधिकरणको भनाइ छ । सेवा प्रदायकले इन्टरनेटको व्याण्डविड्थ आयात गर्ने शुल्क विगतका वर्षभन्दा घटेकोले सेवा प्रदायकले मूल्य समायोजन गर्ने ठाउँ रहेको प्राधिकरणको तर्क छ । अधिकांश सेवा प्रदायकले साउन १ गतेदेखि लागू हुनेगरि इन्टरनेटको शुल्क बढिसकेको जानकारी आफ्ना ग्राहकलाई दिएका छन् ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa