आईतवार, १२ फागुन, २०७५ (Sun, 24 February, 2019)
खेलकूद
Jul 18, 2018
नेपाली क्रिकेट टिमका शक्ति गौचनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा
बुधबार, श्रावन २, २०७५
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलिका भेट्रान शक्ति गौचनले खेल जीवनबाट सन्यास लिने घोषणा गरेका छन् । गौचनले आफ्नो पहिलो वान डे खेल खेल्न नेदरल्यानण्ड जानु अघि उक्त खेल विदेशी भूमिमा आफ्नो अन्तिम खेल हुने बताए ।

नेपालमा हुने कुनै पनि फम्र्याटको अन्तर्राष्ट्रिय क्रिकेट खेलेर सन्यास लिने पनि शक्तिले घोषणा गरेका छन् । सन् २००२ बाट शक्तिले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करियरको शुरुवात गरेका थिए । पारस खड्का नेतृत्वमा रहेको १५ सदस्यीय टोलीले जुलाई २९ मा एमसीसी र नेदरल्याण्डस्सँग लर्डसमा त्रिकोणात्मक टी-ट्वेन्टी खेल खेल्नेछ ।

त्यसपछि सोही टोलीले अगस्ट १ र ३ मा नेदरल्याण्डस्बिरुद्ध दुई वटा वान डे खेल्नेछ । पारससँगै टोलीमा ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, अनिल कुमार साह, दिपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी रहेका छन् ।

त्यसैगरी ललित नारायण राजवंशी, मोहम्मद आरिफ शेख, रोहति कुमार पौडेल, सन्दीप लामिछाने र सोमपाल कामीले टोलीमा छन् । टि ट्वेन्टी त्रिकोणात्मक प्रतियोगिता र वान डे डेब्यु खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोलि बिहिबार बेलायत तर्फ प्रस्थान गर्दैछ ।।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang