आईतवार, १२ फागुन, २०७५ (Sun, 24 February, 2019)
समाचार
Jul 22, 2018
नेपालको प्रजातान्त्रिक आन्दोलनका शीर्ष पुरुष विश्वेश्वरप्रसाद कोइरालको ३६औं स्मृती दिवस
आईतवार, श्रावन ६, २०७५
काठमाडौं : नेपालको प्रजातान्त्रिक आन्दोलनका शिर्ष पुरुष विश्वेश्वरप्रसाद कोइरालको ३६ औं स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरि मनाइदैं छ ।

राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्ने उद्देश्यले विसं २००३ मा कोइरालाको अग्रसरतामा नेपाल राष्ट्रिय कांग्रेसको स्थापना भएको थियो । सुवर्ण शम्शेर लगायत राणा परिवारबाटै विद्रोह गरी विसं २००५ मा स्थापना भएको नेपाली प्रजातन्त्र कांग्रेससँग २००६ साल चैत २६ गते एकता भएपछि सशस्त्र क्रान्तिको घोषणा भयो ।

विसं २०१५ मा भएको पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि कोइराला नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री बने । जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।

उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिएका थिए । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।

बिपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसले आज विविध कार्यक्रम गर्दै छ । बीपी संग्राहालय सुन्दरीजलमा प्रत्येक वर्ष झैं यस वर्ष पनि कोइरालाको सम्झनामा नेपालको प्रजातान्त्रिक आन्दोलनमा उनले पुर्याएको योगदानको चर्चा हुने बताइएको छ ।।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang