मंगलवार, ३ पौष, २०७५ (Tue, 18 December, 2018)
खेलकूद
Jul 22, 2018
युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टोली पहिलो अभ्यास खेलमा २ सय ४३ रनले विजयी
आईतवार, श्रावन ६, २०७५

काठमाडौं : युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टलीले पहिलो अभ्यास खेलमा सहज जित निकालेको छ । जुलाई २९ तारिखमा लर्डसमा हुने नेपाल, नेदरल्याण्ड्स र मेरिलेबन क्रिकेट क्लब (एमसीसी)सँगको त्रिकोणात्मक ट्वान्टी ट्वान्टी सिरिज र लगत्तै नेदरल्याण्डसविरुद्धको ऐतिहासिक एक दिवसीय श्रृखंलाको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले हिजो आफ्नो पहिलो अभ्यास खेलमा हैम्पसायर होग्स क्रिकेट क्लबमाथि २ सय ४३ रनको फराकिलो जित निकालेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३ सय ६२ रनको विशाल योगफल तयार पारेको थियो । पारस खड्काले १ सय ६ बलको सामना गर्दै १ सय ६१ रनको शतकीय इनिङ्स खेले । पारसले १९ चौका र ७ छक्का प्रहार गरेका थिए ।

यस्तै रोहित पौडेलले ४४ रन जोडे । ३४ बलको सामना गरेका उनले ५ चौका र १ छक्का प्रहार गरेका थिए । ४६ बल खेलेका दीपेन्द्रसिंह ऐरीले ५ चौकाको मदतमा ३७ रन जोडे । आरिफ सेखले २७, करण केसी १८, सन्दीप लामिछाने र ललितसिंह भण्डारीले समान १६ रन बनाए । शरद भेषावकरले १४, ज्ञानेन्द्र मल्लले ५ र सुवास खकुरेलले ११ रन जोडे । होग्सका मिलेस कभर र जोन पोर्टोलले समान ३ तथा जेम्स विल्केस ग्रिनले २ विकेट लिए ।

३ सय ६३ रनको लक्ष्य पछ्याएको हैम्पसायर होग्स क्रिकेट क्लब ३७ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय १९ रनमा समेटियो । उसका लागि ह्यारीले सर्वाधिक ३३ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले राम्रो खेल्न सकेनन । चार अभ्यास खेल खेल्न लागेको नेपालले अब जुलाई २३ मा सेन्ट क्रससँग ट्वान्टी ट्वान्टी, २५ जुलाईमा इष्ट लण्डनसँग ५० ओभरको खेल र जुलाई २६ मा इष्ट लण्डन सार्कसँग ट्वान्टी ट्वान्टी अभ्यास खेल खेल्नेछ ।।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan