मंगलवार, ३ पौष, २०७५ (Tue, 18 December, 2018)
देश
Jul 23, 2018
किरात राई सङ्ग्रहालयलाई किरातीम्मा गायन समुहद्वारा दुई लाख नगद सहयोग
सोमबार, श्रावन ७, २०७५
खोटाङ : ऐंसेलुखर्क गाउँपालिका-५ रिब्जुङमा निर्माणाधीन किरात राई सङ्ग्रहालयलाई किरातीम्मा गायन समुहले दुई लाख नगद सहयोग प्रदान गरेका छन् ।

कोटेश्वरस्थित किरात राई यायोक्खाको कार्यालयमा आयोजित कार्यक्रममा निर्माण समितिका संयोजक खुक्सङ खम्बुलाई किरातीम्मा गायिकाहरुले नगद हस्तान्तरण गरेका हुन् । किरात राई यायोक्खाका कार्यवाहक अध्यक्ष दिवस राई, वरिष्ठ साहित्यकार भूपाल राई, किरात राई प्रज्ञा परिषद्का सदस्य सचिव डा. तारामणि राई, किराया उपमहासचिव जनक राई, केन्द्रीय सदस्यद्वय सुमन राई र मन्जु सोताङ राई, किरात राई विधार्थी संघका पूर्व अध्यक्ष भोगिराज राईको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा गायिका पार्वती राई, सरला राई र सत्यकला राईले किरातीम्मा गायन समुहको तर्फबाट आ–आफ्नो धारणा राख्दै सङ्ग्रहालय निर्माण कार्य ऐतिहासिक भएकोले सहयोग गर्न पाउँदा किरातीम्मा गायन समुहलाई गर्व लागेको बताए ।

साहित्यकार भूपाल राई, कार्यवाहक अध्यक्ष दिवस राई र उपमहासचिव जनक राईले राई जातिको सङ्ग्रहालय निर्माण हुनु अत्यन्तै सह्रानीय कामको शुरुवात भएको बताउँदै निर्माण कार्य सम्पन्न नहुन्जेल पूर्ण साथ, सहयोग रहने वचनवद्धता व्यक्त गर्दै निर्माण समितिलाई शुभकामना दिएका थिए ।

सङ्ग्रहालय निर्माण कार्यमा आर्थिक अभाव भई हामी छट्पटाइरहेको बेला किरातीम्मा चेलीहरुको सहयोग टुहुरो माइति (भाइ) हेत्छाकुप्पा रैछाकुले ख्वाक्चिलिकलाई तायामा, खियामा जाउमा, ख्लिउमा दिदी बैनीले उहिले अनेक दुःख, कष्ट खेप्दै अनिकालमा जङ्गलबाट फलफूल, कन्दमुल ल्याएर ख्वाए जस्तो भएको बताउँदै संयोजक खुक्सङ खम्बु भावुक भएका थिए ।

किरातीम्मा गायन समुहमा पार्वती राई, सरला राई, सत्यकला राई, कला राई, राधा राई, मेनुका राई, बेनुका राई, जानुका राई, निलम रोजु राई, तायाहाङमा राई, ममता राई आवद्ध छन् ।।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan