आईतवार, ३ भाद्र, २०७५ (Sun, 19 August, 2018)
देश
Jul 23, 2018
भ्रष्टाचारविरुद्ध लड्न क्युबाली राष्ट्रपतिको आग्रह
सोमबार, श्रावन ७, २०७५
एजेन्सी : क्युबाली राष्ट्रपति माइगेल दायज क्यानेलले सम्पूर्ण देशवाशीलाई भ्रष्टाचार र अपराधका विरुद्ध लड्न आग्रह गरेका छन् ।

संसदको बैठकलाई सम्बोधन गर्दै उनले देशमा व्याप्त भ्रष्टाचार र आपराधिक क्रियाकलापहरुका विरुद्धमा लड्न सबै देशवासीलाई आग्रह गरेको समाचारमा जनाइएको छ । उनले भ्रष्टाचारका विरुद्धमा लड्नु भनेको सरकारको या प्रहरीको मात्र काम होइन भन्दै सबै देशवासीले नै यसमा सहयोग गरेमा मात्र देशमा सुशासन र भ्रष्ट्राचारमुक्त समाज निर्माण सम्भव रहेकोमा जोड दिएका हुन ।

उनले समाजमा अपराधका घटनामा भएको बृद्धिलाई ध्यानमा राखेर सबै सर्वसाधारण नागरिकले शान्ति सुरक्षा कायम राख्ने प्रहरीको काममा सहयोग पुरयाउन पनि सबैलाई आग्रह गरेका छन् । यस्ता समाजका बेथितीहरुमा नागरिक एकता भएमा मात्र शान्ति, सुव्यवस्था र सुशासनका लागि सहज हुने धारणा पनि उनले राखेको समाचारमा जनाइएको छ ।

क्युबामा केही वर्षहरुदेखि भ्रष्ट्राचार एक जटिल समस्याको रुपमा देखिएको चर्चा गर्ने गरिएको छ । कतिपय अधिकारीहरुले त भ्रष्ट्राचारका कारणले नै देशमा आर्थिक तथा वित्तीय समस्या उत्पन्न भएको बताउने गरेका छन् ।

क्युबा सरकारले सन् २००९ मा यो कार्यालय स्थापना गरेर भ्रष्टाचार विरोधी क्रियाकलापहरुको अनुसन्धान थालेको थियो । सरकारले त्यसपछि भ्रष्टाचार गर्ने कर्मचारीका विरुद्धमा कडा कारबाही गर्ने कानुन पनि बनाएको छ । सो कानुन बमोजिम कैयौँ कर्मचारी भ्रष्टाचारको कारबाहीमा पनि परेका छन् । राष्ट्रपति क्यानेलले भ्रष्टाचारका विरुद्धमा कडा कदम चालिने र यसमा संलग्न हुनेलाई कदापि नछोडिने भनाई पटक पटक राख्दै आएका छन् ।।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa