बुधबार, ७ कार्तिक, २०७५ (Wed, 24 October, 2018)
समाचार
Jul 23, 2018
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नवप्रवेशीलाई महाधिवेशन प्रतिनिधि हुन रोक
सोमबार, श्रावन ७, २०७५
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आगामी महाधिवेशनमा पार्टीको अन्तरिम विधानअनुसार नवप्रवेशीहरु महाधिवेशन प्रतिनिधि हुनबाट बञ्चित हुने भएका छन् ।

नेकपाको अन्तरिम विधान २०७५ को धारा ३४ ले राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चुनिन संगठित सदस्य भई कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने व्यवस्था गरेको छ । महिला, दलित, सीमान्तकृत जनजाति र अपाङ्गता भएका व्यक्तिको हकमा भने संगठित सदस्य भई ७ वर्ष काम गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनअघि धेरै नेता तथा कार्यकर्ता तत्कालिन एमाले र माओवादी केन्द्रमा प्रवेश गरेका थिए । विधानको उक्त धारा अनुसार उनीहरु महाधिवेशन प्रतिनिधि चयन हुन पाउने छैनन् ।

विधानको धारा १३ मा सदस्यता कायमबारे लिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टीको कुनै समूहमा सदस्यता वा संगठित सदस्यता कायम रहेको व्यक्तिले प्रमाणसहित पार्टी प्रवेश गरेमा तोकिए बमोजिमको प्रक्रिया पूरा गरेपछि निजको सदस्यता वा संगठित सदस्यता कायम हुन सक्नेछ ।’

विधान मस्यौदा समितिका सदस्य देव गुरुङले एकता प्रक्रियाबाट आएका दलका नेताहरुको लागि विशेष व्यवस्था गरिने बताएका छन् । पार्टीसँग एकता गरेका नेतालाई महाधिवेशन प्रतिनिधि बनाउन विशेष व्यवस्था गरिने विषयमा छलफल गर्न बाँकी रहेको गुरुङले बताए ।

मस्यौदा समितिका अर्का सदस्य बेदुराम भुषालले पार्टीको सदस्य हुने व्यक्ति महाधिवेशन प्रतिनिधि हुनै पर्ने जरुरी नभएको बताए । पार्टीको सदस्य हुनु वा सांसद हुनु बेग्लै कुरा हो । तर महाधिवेशन प्रतिनिधि हुनु महत्वपूर्ण कुरा हो । कुनैपनि कम्युनिष्ट पार्टीमा दश वर्ष संगठित सदस्य भएर काम गरेको छ भने त्यो महाधिवेशन प्रतिनिधि हुन योग्य हुने कुरा भुसालले बताए ।

प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनअघि मधेशवादी, चुरेभावर, थारु लगायतका अन्य आदिवासी जनजाति नेताहरु तत्कालिन एमाले र माओवादी केन्द्रमा प्रवेश गरेका थिए । रामेश्वर राय यादव, गंगा चौधरी सत्गौवा, कोमल वली लगायतकाहरु सांसद पनि भएका छन् । अन्तरिम विधान र नियमावली अनुसार उनीहरु महाधिवेशन प्रतिनिधि बन्न पाउने छैनन् ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan