मंगलवार, ३ पौष, २०७५ (Tue, 18 December, 2018)
खेलकूद
Jul 23, 2018
अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको चौथो संस्करण सुरू
सोमबार, श्रावन ७, २०७५
काठमाडौं : अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको चौथो संस्करण सुरू भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज बिहान खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्यापटेन रामेश्वर थापाले खेलेर प्रतियोगिताको उदघाटन गरेका हुन् ।

प्रतियोगितामा कुल २ सय ८५ खेल हुने बताइएको छ । प्रतियोगितामा विदेशी र देशभरबाट छनोट भएका ४ सय २२ जना खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा पुरुष सिंगल, महिला सिंगल, पुरुष डबल्स, महिला डबल्स, १९ वर्षमुनिको जुनियर पुरुष सिंगल र जुनियर महिला सिंगल, पुरुष एक्जुकेटिभ सिंगल र डबल्स तथा पुरुष कर्पोरेट सिंगल र डबल्स गरी १० स्पर्धामा प्रतिस्पर्धा समावेश गरिएको छ ।

प्रतियोगिताका लागि खेलाडी छनोट गर्न गत जेठ १३ देखि ६ प्रदेशमा छनोट खेल सञ्चालन गरिएको थियो । प्रदेश १ को छनोट जेठ १३ देखि १५ सम्म धरानमा, प्रदेश २ को छनोट खेल जेठ १८ देखि २० सम्म वीरगन्जमा, प्रदेश ४ को छनोट खल जेठ २३ देखि २५ सम्म पोखरामा, प्रदेश ५ को छनोट खेल जेठ २८ देखि ३० सम्म भैरहवामा, प्रदेश नम्बर ६ को छनोट खेल असार ३ देखि ५ सम्म सुर्खेतमा र प्रदेश ७ को छनोट खेल असार ८ देखि १० सम्म धनगढीमा सम्पन्न भएको थियो ।

छनोट खेलमा सहभागी खेलाडीले पुरुष सिंगल, पुरुष डबल, महिला सिंगल, मिक्स डबल, १९ वर्षमुनिको जुनियर पुरुष सिंगल र जुनियर महिला सिंगलमा प्रतिस्पर्धा गरेका थिए । प्रदेशस्तरमा सञ्चालित छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने खेलाडीले पनि काठमाडौंमा हुने अन्तिम चरणको प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिता साउन १२ गते सम्म चल्नेछ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan